कम ‘फी’ वा अन्य कारण ? १५ वर्षपछि आदित्य नारायणले किन छोडे होस्टिङ ?
कयौँ पटक हामी सेलेब्रिटीको फैसला जानेर खुसी वा दुःखी हुन्छौँ । तर हामीलाई यसको पछाडिको कारणबारे थाहा हुँदैन । आदित्य नारायणले होस्टिङ छोडेको हामी सबैलाई थाहा छ । तर उनले यो फैसला किन लिए कसैलाई पनि यसबारे थाहा छैन ।
यसबारे आदित्य नारायणले होस्टिङ छोड्नुका कारणबारे जानकारी दिएका छन् ।
आदित्यले होस्टिङलाई किन भने अलबिदा ?
९० को दशकमा आदित्य नारायणको करियरको सुरुवात बाल कलाकारको रुपमा भएको थियो । बाल कलाकारको रुपमा उनलाई व्यापक मन पराइयो । यद्यपि, ठूलो भएपछि उनको जादुले काम गर्न सकेन । फिल्ममा फ्लप भएपछि आदित्य सानो पर्दामा रियलिटी शोमा होस्ट बनेका थिए । होस्टको रुपमा आदित्यको जादु चल्यो । त्यसपछि उनी ‘सा रे गा मा पा’ र ‘इन्डियन आइडल’ जस्ता शोमा होस्ट गर्न थाले । करिब १५ वर्ष पहिले आदित्यले ‘सा रे गा मा’ बाट रियालिटी शो मा कदम राखे र धेरैको मनमा राज गरे । सबै राम्रो चलिरहेको थियो । फेरी अचानक एक सोशल मिडिया पोष्टको माध्यमबाट आदित्यले होस्टिङ छोड्ने घोषणा गरेर सबैलाई अचम्मित पारिदिए । अब सोही एएमए सेशनको अवधिमा उनले होस्टिङमा खुलेर कुराकानी गरेका छन् । आदित्यले बताए अनुसार अब उनी होस्टिङ नभई गायन र फिटनेसमा ध्यान दिने बताएका छन् ।
होस्टिङमा छैन, त्यो कुरा
आदित्यले आफ्नी छोरी त्विषा र पत्नी श्वेतासँग समय बिताउन चाहेको बताएका छन् । होस्टिङले उनलाई पहिले जस्तो प्रभावित बनाउन नसकेको पनि उनले बताएका छन् ।
यो बाहेक कुरा पैसाको पनि हो । गायक र अभिनेता आदित्य नारायण भन्छन्, ‘होस्टको रुपमा च्यानलले मलाई खासै पैसा दिनेछैनन्, जति अहिले दिइरहेका छन् । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल
-
घानामाथि क्रोएसियाको रोमाञ्चक जित, इङ्गल्याण्ड र क्रोएसियासँगै घाना पनि अन्तिम ३२ मा !
-
विकट बस्तीमा निःशुल्क आँखा शिविर
-
पानामा र इङ्गल्याण्डबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
पहिलो हाफमा घानाविरुद्ध क्रोएसिया १–० ले अगाडि
-
घानाविरुद्ध क्रोएसियालाई महत्त्वपूर्ण अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण