कार्तिक आर्यनलाई फ्यानले ‘मसँग बिहे गर, २० करोड दिन्छु’ भनेपछि....
कार्तिक आर्यन सामाजिक संजालमा पनि निकै सक्रिय रहने अभिनेता हुन् । उनी आफ्नो आगामी प्रोजेट र दैनिक जीवनसँग सम्बन्धित पोष्ट सेयर गरिरहन्छन् ।
हालै पनि उनले एक भिडियो सेयर गरेका छन् । भिडियो एक सानी बालिका फ्यानसँगको छ । भिडियोमा ती बालिकाले आर्तिकको फिल्म ‘धमाका’को एक डाइलग बोल्दै गरेको देखिएकी छन् । त्यसका क्याप्सनमा कार्तिकले लेखेका छन् ‘सबैभन्दा प्यारा अर्जुन पाठक ।’ उनको यो भिडियोमा धेरैले कमेन्ट सहित माया देखाएका छन् ।
त्यही क्रममा एक फ्यानले कमेन्ट गर्दै कार्तिकलाई भनेका छन् ‘मसँग विहे गर, म २० करोड दिन्छु ।’ जसमा कार्तिकले पनि ठट्टा गर्दै ‘कहिले ?’ भन्ने जवाफ दिएका छन् । जवाफमा अभिनेताले हाँसोको इमोजी समेत शेयर गरेका छन् ।
फ्यानको अफर र कार्तिकको जवाफ अहिले चर्चाको बिषय बनेको छ । कामको कुरोगर्ने हो भने कार्तिक अहिले फिल्म ‘शहजादा’ को सुटिङमा व्यस्त छन् । यो फिल्म अल्लु अर्जुनको तमिल फिल्म ‘अला वैकुन्ठपुरमुलु’को हिन्दी रिमेक हो । रोहित धवनको निर्देशन रहेको फिल्म ‘शहजादा’ मा कार्तिकको अलवा परेश रावल, रोहित बोस रोय, मनिषा कोइराला लगायतको मुख्य भुमिका रहनेछ । फिल्म ४ नोभेम्बर २०२२ मा रिलिज हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल
-
घानामाथि क्रोएसियाको रोमाञ्चक जित, इङ्गल्याण्ड र क्रोएसियासँगै घाना पनि अन्तिम ३२ मा !
-
विकट बस्तीमा निःशुल्क आँखा शिविर
-
पानामा र इङ्गल्याण्डबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
पहिलो हाफमा घानाविरुद्ध क्रोएसिया १–० ले अगाडि
-
घानाविरुद्ध क्रोएसियालाई महत्त्वपूर्ण अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण