बसका तीन चालक कारागार चलान: यस्ता थिए घटना
तनहुँ जिल्ला अदालतले सवारी चलाउँदा लापरबाही गरिएको भन्दै तीन बसका चालकलाई मंगलवार पुर्पक्षको लागि कारागार पठाउन आदेश दिएको छ ।
गत कार्तिक ९ गते व्यास नगरपालिका वडा नं ५ बरवोटे स्थित सिन्धुमार्गमा नेपालटारबाट दमौली आउँदै गरेको ध १ ख ९५ नंम्वरको बसको ठक्करबाट सख्त घाइते भएकी सोही वडा निवासी ६५ बर्षकी टिकामाया पण्डितको अस्पताल लैजादै गर्दा मृत्यु भएको थियो ।
सोही कारण बसका चालक पोखरा लेखनाथ महानगरपालिका वडा नं ३३ बस्ने २९ बर्षका राजकुमार विकलाई प्रहरीले पक्राउ गरी अनुसन्धान पुरा गरी जिल्ला अदालतमा पेश गरेकोमा अदालत उक्त आदेश दिएको हो ।
त्यसैगरी गत कार्तिक ४ गते जिल्लाको म्याग्दे गाउँपालिका वडा नं ४ मा ग १ ज ३९२८ नम्वरको ट्याक्सीले नामथर ठेगाना नखुलेको भारतीय नागरिक राजु बदुदले चलाएको ग १२ प २०४३ नंम्वरको मोटरसाइकललाई ठक्कर दिदाँ बदुदलेको मृत्यु भयो । सो घटनामा ट्याक्सी चालक सिन्धुपाल्चोक कुन्चोक २ घर भएका ५१ वर्षका बुद्ध तामाङलाई पक्राउ गरी सवारी ज्यान मुद्धाको अनुसन्धान गरी कार्तिक २८ गते जिल्ला अदालतमा पेश गरेको थियो ।
अदालतको आदेशले ५ महिना कैद फैसला भएकोले तामाङलाई बाँकी कैद भुक्तानीको लागि कारागार पठाउन आदेश दिएको हो ।
त्यसैगरी कार्तिक १० गते जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नं ४ दुलेगौडास्थित पृथ्वीराजमार्ग सडकमा पोखराबाट दमौली आउँदै गरेको ना ५ ख ४९४५ नम्वरको बस पल्टिँदा बसमा सवार ८ बर्षकी श्रीया तामाङको उपचारको क्रममा मृत्यु भएकोले उक्त बसका चालक दिपक कुमार थापालाई पक्राउ गरी सवारी ज्यान मुद्धाको अनुसन्धान पश्चात कार्तिक २८ गते जिल्ला अदालतमा पेश गरिएकोमा अदालतले ६ महिना कैद फैसला गरेकोले निजको बाँकी कैद भुक्तानीको लागि कारागार पठाएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी एवं सूचना अधिकारी सुनिल मल्लले रातोपाटीलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नापी कार्यालयको सेवा लिँदा ‘मेरो कित्ता’मार्फत राजस्व तिर्नुपर्ने
-
कर्मचारी ट्रेड युनियन खारेज गर्नेसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा
-
‘सर्वोच्चको आदेश पालना गर, उद्योगीलाई त्रसित नबनाऊ’ : उद्योग सङ्घ मकवानपुर
-
पहिराले कर्णाली करिडोर अवरुद्ध
-
पोखराको पर्यटन प्रवर्द्धन गरिँदै
-
दक्षिण अफ्रिकाको जोहानेसबर्गमा सामूहिक गोलीकाण्ड, १२ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण