शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

बसका तीन चालक कारागार चलान: यस्ता थिए घटना

बुधबार, ०६ मङ्सिर २०७४, ०७ : ३४
बुधबार, ०६ मङ्सिर २०७४

तनहुँ जिल्ला अदालतले सवारी चलाउँदा लापरबाही गरिएको भन्दै तीन बसका चालकलाई मंगलवार पुर्पक्षको लागि कारागार पठाउन आदेश दिएको छ । 

गत कार्तिक ९ गते व्यास नगरपालिका वडा नं ५ बरवोटे स्थित सिन्धुमार्गमा नेपालटारबाट दमौली आउँदै गरेको ध १ ख ९५ नंम्वरको बसको ठक्करबाट सख्त घाइते भएकी सोही वडा निवासी ६५ बर्षकी   टिकामाया पण्डितको अस्पताल लैजादै गर्दा मृत्यु भएको थियो ।

सोही कारण बसका चालक पोखरा लेखनाथ महानगरपालिका वडा नं ३३ बस्ने २९ बर्षका राजकुमार विकलाई प्रहरीले पक्राउ गरी अनुसन्धान पुरा गरी जिल्ला अदालतमा पेश गरेकोमा अदालत उक्त आदेश दिएको हो । 

त्यसैगरी गत कार्तिक ४ गते जिल्लाको म्याग्दे गाउँपालिका वडा नं ४ मा ग १ ज ३९२८ नम्वरको ट्याक्सीले नामथर ठेगाना नखुलेको भारतीय नागरिक राजु बदुदले चलाएको ग १२ प २०४३ नंम्वरको मोटरसाइकललाई ठक्कर दिदाँ बदुदलेको मृत्यु भयो । सो घटनामा ट्याक्सी चालक सिन्धुपाल्चोक कुन्चोक २ घर भएका ५१ वर्षका बुद्ध तामाङलाई पक्राउ गरी सवारी ज्यान मुद्धाको अनुसन्धान गरी कार्तिक २८ गते जिल्ला अदालतमा पेश गरेको थियो । 

अदालतको आदेशले ५ महिना कैद फैसला भएकोले तामाङलाई बाँकी कैद भुक्तानीको लागि कारागार पठाउन आदेश दिएको हो । 

त्यसैगरी कार्तिक १० गते जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नं ४ दुलेगौडास्थित पृथ्वीराजमार्ग सडकमा पोखराबाट दमौली आउँदै गरेको ना ५ ख ४९४५ नम्वरको बस पल्टिँदा बसमा सवार ८ बर्षकी श्रीया तामाङको उपचारको क्रममा मृत्यु भएकोले उक्त बसका चालक  दिपक कुमार थापालाई पक्राउ गरी सवारी ज्यान मुद्धाको अनुसन्धान पश्चात कार्तिक २८ गते जिल्ला अदालतमा पेश गरिएकोमा अदालतले ६ महिना कैद फैसला गरेकोले निजको बाँकी कैद भुक्तानीको लागि कारागार पठाएको  जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी एवं सूचना अधिकारी सुनिल मल्लले रातोपाटीलाई जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण श्रेष्ठ
किरण श्रेष्ठ
लेखकबाट थप