प्रभासको ‘राधे श्याम’ रिलिज, यस्ता छन् दर्शकका प्रतिक्रिया
साउथ फिल्म इन्डष्ट्रिका सुपर स्टार प्रभासको बहु अपेक्षित फिल्म राधे श्याम आजबाट रिलिज भएको छ । बहु अपेक्षित सो फिल्मको अग्रिम बुकिङ पनि ठूलै मात्रामा भएको थियो । फिल्म रिलिज हुनु पहिले फिल्म हिट हुने बताइँदै आएको थियो । तर फिल्म हेरिसकेपछि दर्शकहरुले मिश्रित प्रतिक्रिया दिन थालेका छन् । दर्शकहरुले सामाजिक सञ्जालबाट आफ्नो प्रतिक्रिया दिइरहेका छन् ।
प्रभास र पूजा हेगडेको उक्त फिल्मका विषयमा दर्शकका तर्फबाट कयौ मिल्दाजुल्दा प्रतिक्रिया आएका छन् । थुप्रैले फिल्मलाई खराब भएको प्रतिक्रिया पनि दिएका छन् । एक ट्वीटर यूजरले लेखेका छन्, ‘राधे श्याम मध्यान्तर अगाडि राम्रो लाग्छ र मध्यान्तर पछाडि निराश बनाउँछ । यो ठूलो बजेटको झलक स्क्रिनमा भव्य लाग्छ ।’
अर्का दर्शक लेख्छन्, ‘राधे श्याम सुस्त कथन, दमदार ड्रामाको कमी र छिटो छिटो क्लाइमेक्सले मुडलाई थोरै खराब गरिदिन्छ । यदि तपाई कम अपेक्षाका साथ जानुहुन्छ भने तपाई यसको लभ स्टोरी र यसको भव्यतासँग जोडिनुहुन्छ ।’
यसका अतिरिक्त एक यूजरले लेखेका छन् कि राधे श्याम एक फ्लप फिल्म हो र प्रभासको हिन्दी डबिङ सबैभन्दा खराब छ । उनले साउथको फिल्ममा हिन्दी डब नगर्न भनेका छन् । यसका अतिरिक्त अर्का एक दर्शकले फिल्मलाई डिजास्टर भएको प्रतिक्रिया दिएका छन् । कयौ फ्यानहरूले फिल्मको प्रशंसा समेत गरेका छन् । एक फ्यानले राधे श्यामलाई बेस्ट क्लासिक फिल्म भएको बताएका छन् । फिल्म राधे श्याममा प्रभासका साथ पूजा हेगडे पनि देखिएका छन् । यो भारतीय सिनेमा जगतमा सबैभन्दा महंगो फिल्म मध्येको एक हो । प्रभासको यो फिल्मको बजेट ३ अर्ब ५० करोड भारतीय रुपैयाँ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकट बस्तीमा निःशुल्क आँखा शिविर
-
पानामा र इङ्गल्याण्डबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
पहिलो हाफमा घानाविरुद्ध क्रोएसिया १–० ले अगाडि
-
घानाविरुद्ध क्रोएसियालाई महत्त्वपूर्ण अग्रता
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
समूह ‘एल’ को निर्णायक भिडन्त: नकआउट चरणका लागि क्रोएसियाको अन्तिम कसरत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण