शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

डीएभीद्वारा शिक्षा क्षेत्रमा समर्पित महिला सम्मानित

आइतबार, २९ फागुन २०७८, १७ : ५२
आइतबार, २९ फागुन २०७८

डीएभी सुशील केडिया विश्व भारती विद्यालय तथा कलेजले काठमाडौं उपत्यका लगायत प्रदेश तहका शिक्षा क्षेत्रमा समर्पित महिलालाई सम्मान गरेको छ । ११२औं विश्व महिला दिवस अवसरमा २१६ मनोनित महिलामध्येबाट शिक्षा क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएका ८४ महिलाहरूलाई डीएभीले सम्मान गरेको हो ।

त्रिभुवन विश्वविद्यालय मानविकी तथा समाजशास्त्र विभागकी डीन प्राडा कुशुम शाक्य कार्यक्रममा प्रमुख अतिथि थिइन्‌ । उनले डीएभी विद्यालयले शिक्षा क्षेत्रका महिलाहरू खोजी गरी सम्मान गर्नु निजी क्षेत्रकै सह्रानीय कार्य रहेको उल्लेख गरिन्‌। सोही अवसरमा उनले शिक्षा क्षेत्रमा महिलाहरूको उल्लेखनीय सहभागिता देखिनुले नेपाली समाज र लैङ्गिक समानतातिर उन्मुख रहेको समेत बताइन्‌ ।​

डीएभी कलेजका अध्यक्ष अनिल केडियाले शिक्षा क्षेत्रमा अथक योगदान पुर्‍याएका महिलाहरूलाई सम्मान गर्दा आफू ज्यादै खुशी भएको जानकारी दिए । कार्यक्रममा प्रथम महिला सुनिता केडिया, प्रमुख अतिथि, कुशुम शाक्य लगायत विद्यालय व्यवस्थापन समितिका सदस्यहरूले सम्मानपत्र प्रदान गरे । विद्यालयकी प्राचार्य डा. भुवनेश्वरी रावले विद्यालयका अभिभावकहरू आफ्नो छोरीहरूको व्यक्तित्व विकासका अवसरहरूमा छोरासरह समान हुनुपर्ने धारणा राखिन्‌ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप