आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

विवादसँग आमिर खानको पुरानो नाता : दिव्या भारतीलाई फिल्मबाट हटाएकोदेखि देश छोड्ने अभिव्यक्तिसम्म

सोमबार, ३० फागुन २०७८, १३ : ११
सोमबार, ३० फागुन २०७८

बलिउडका मिस्टर परफेक्सनिस्ट भनिने आमिर खान आज ५७ वर्षका भए । आमिरले आफ्नो अभिनय करियरको सुरुवात बाल कलाकारको रुपमा फिल्म यादों की बारातबाट गरेका थिए । त्यसपछि आमिरले मुख्य अभिनेताको रुपमा बलिउडमा प्रवेशका लागि थुप्रै वर्षसम्म मिहिनेत गर्नुपरेको थियो । आफ्नो जीवनको ३० वर्षभन्दा बढी समय अभिनयलाई दिइसकेका आमिरले पद्मश्री, पद्मभूषणबाट सम्मानित गरिसकिएको छ । आज उनको जन्मदिनको विशेष मौकामा उनीबारे थप जानकारी लिऔँ ।

फिल्मी ब्याकग्राउन्डका हुन् मोहम्मद आमिर हुसैन खानः

आमिर खानको पूरा नाम मोहम्मद आमिर हुसैन खान थियो । आमिरको जन्म सन् १९६५ को मार्च १४ तारिखमा तत्कालीन बम्बे (हाल मुम्बई) मा फिल्म निर्माता ताहिर हुसैन र जिनत हुसैनको घरमा भएको थियो । चार भाइ बहिनीमध्ये सबैभन्दा जेठा आमिरका ठूलो बुवा नासिर हुसैन पनि एक जमानाका चर्चित निर्माृता– निर्देशक थिए ।

आमिरका पिता साना तिना फिल्म निर्माण गर्ने गर्दथे, तीमध्ये धेरै फ्लप हुने गर्दथ्यो । फलस्वरुप, आमिरको बाल्यकाल अभावमा बित्यो । आमिरलाई सधैँ स्कूलमा फि तिर्न नसकेपछि निकाला गरिदिने पो हो कि भन्ने पीर हुन्थ्यो । 

‘हाम्रो घरमा पैसा फिर्ता देऊ भनेर दैनिक करिब ३० वटा फोन आउँथ्यो,’ आमिर खान । 

अभिनय करियरको विरुद्धमा थियो आमिरको परिवारः

हिन्दी सिनेमासँग सम्बन्ध राख्ने आमिरको परिवारले आफ्नो छोरा यो उद्योगको हिस्सा बनोस् भन्ने चाहेका थिएनन् । यो काममा असाध्यै भागदौड थियो तर स्थायी केही पनि नभएकोले उनको परिवार छोरा इन्जिनियर बनोस् भन्ने आमिरका पिताको चाहना थियो । तर छोराको भाग्यमा अर्कै कुरा लेखिएको थियो ।

१६ वर्षको उमेरमा आमिर आफ्ना साथी आदित्य भट्टाचार्यको साइलेन्ट फिल्म प्यारानियाको हिस्सा बनेका थिए । यो फिल्मका लागि श्रीराम लागूले उनलाई केही पैसा दिएका थिए । परिवारको डरले आमिर कसैले थाहा नपाउने गरी फिल्मको सुटिङका लागि जाने गर्दथे । 

फिल्ममा उनीसँग नीना गुप्ता र विक्टर बनर्जी मुख्य भूमिकामा थिए । यो फिल्ममा काम गर्दै गर्दा आमिरले अभिनयमा करियर बनाउने सोचिसकेका थिए । 

अभिनेता बन्न वर्षौंको प्रतीक्षाः

आमिरले अवन्तर नामको थिएटर ग्रुप जोइन गरे र एक वर्षसम्म स्टेजको पछाडि बसेर काम गरे । एक वर्षपछि उनले पृथ्वी थिएटरमा भएको एउटा नाटक ‘केसर बिना’ मा स्टेजमा अभिनय गर्ने मौका पाए । 

पढाई छोडेपछि आमिरले काका नासिर हुसैनको मञ्जिल–मञ्जिल र जबरदस्तजस्ता फिल्ममा सहायकको भूमिका निर्वाह गरे । 

कसरी पाए पहिलो फिल्म ?

पितालाई सहयोग गर्दा नै आमिर फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डियाका विद्यार्थीले बनाएको थुप्रै डकुमेन्ट्रीको हिस्सा थिए । यस्तै, एक डकुमेन्ट्रीमा आमिरको अभिनय देखेर निर्देशक केतन मेहता यति प्रभावित भए कि उनले आमिरलाई आफ्नो कम बजेटको फिल्म होलीमा कास्ट गरे । 

किसिङ सीन र आमिरः

आमिर खानले पहिलो फिल्म कयामत से कयामत तकमा नै किसिङ सीन दिएका थिए । सुटिङका बेला जुही चावलाले आमिरसँग यो सीन दिन अस्वीकार गरेकी थिइन् जसका कारण सुटिङ रोक्नुपरेको थियो । पछि निर्देशक मञ्सुर अली खानले भनेपछि जुही राजी भएकी थिइन् । 

आमिर खानले दोस्रो पटक राजा हिन्दुस्तानीमा करिष्मा कपुरसँग किसिङ सीन दिएका थिए । यो १ मिनेटको किसिङ सीन थियो । यो त्यो समयको सबैभन्दा लामो किसिङ सीन थियो । एउटा पारिवारिक फिल्ममा यति लामो किसिङ सीन देखेर सबैजना हैरान थिए । यसका लागि निर्माताले आलोचना सामना गर्नुपरेको थियो । 

यो एक सीनको सुटिङका लागि चार दिनको कडा मिहिनेत लागेको थियो । यसलाई उटीको चिसोमा तेज वर्षामा सुट गरिएको थियो । यो सीनलाई परफेक्ट बनाउनका लागि ४७ टेक लिइएको थियो । करिष्माले एक अन्तरवार्तामा सुटिङका बेला आफूहरु असाध्यै असहज भएको र यो सिन कहिले सिद्धिएला भनेर कामना गरिरहेका थिए, तर यही सिन फाइनल हुन धेरै समय लागेको थियो । 

वर्षौंसम्म लुकाएका थिए पहिलो विवाहः

आमिरले १८ अप्रिल सन १९८६ मा आफ्नो बाल्यकालकी प्रेमिका रिना दत्तासँग विवाह गरेका थिए । जब आमिरले कयामत से कयामत तक फिल्मबाट डेब्यु गरे तब उनले आफ्नो इमेजमा पर्ने भिन्नताका कारण थुप्रै वर्षसम्म आफ्नो विवाहलाई गोप्य राखे । सुरुमा आमिरका घरका सदस्यलाई नै छोराको विवाहबारे थाहा थिएन । 

रिनाले कयामत से कयामत तक फिल्ममा एउटा सानो भूमिका निभाएकी थिइन् । यसबाहेक उनी लगान फिल्ममा पनि निर्माता भएकी थिइन् । 

लगान फिल्मको सुटिङका बेला आमिरको भेट किरण रावसँग भएको थियो । यो फिल्ममा उनी सहायक निर्देशक थिइन् । सुटिङका बेला किरण र आमिरको निकटता बढ्यो र त्यसको अर्को वर्ष किरणले जेठी श्रीमती रिनासँग सम्बन्धविच्छेद गरे । 

दिव्या भारतीसँग ठाकठुकः

एक स्टेज शोका बेला दिव्या भारतीले आफ्नो डान्स स्टेप बिर्सिएकी थिइन् । जसका कारण आमिर यति रिसाएका थिए कि उनले दिव्यासँग प्रस्तुती दिन अस्वीकार गरेका थिए । पछि सलमान खानले आमिरको स्थान ओगटे । आमिरको यस्तो व्यवहारले दिव्या यति दुःखी भइन् कि उनले बाथरुममा घण्टौँसम्म रोएर बिताइन् । 

दिव्यालाई फिल्मबाट निकालेः

डर फिल्ममा जुहीभन्दा अघि दिव्या भारतीलाई कास्ट गर्ने कुरा थियो तर आमिर उनीसँग यति रिसाएका थिए कि उनले निर्मातासँग कुरा गरेर उनलाई फिल्मबाट निकालिदिए । यो कुराको खुलासा दिव्या आफैंले एक अन्तर्वारताका क्रममा गरेकी थिइन् । 


विवादसँग आमिरको पुरानो नाताः

फना फिल्मको प्रोमोसनका बेला आमिर खानले नर्मदा बचाओ आन्दोलनमा आफ्नो समर्थन दिएका थिए । यतिबेला अभिनेताले भाजपा र तत्कालीन गुजरात मुख्यमन्त्री नरेन्द्र मोदीलाई समस्याको कारण बताएका थिए । आमिरको यो बयान सार्वजनिक भएपछि मानिसहरु आक्रोशित भएर आमिरमाथि माफी माग्न दबाब बनाइरहेका थिए । 

असहिष्णुतामाथि बयान दिएर फसे आमिरः

सन् २०१५ मा आमिरले एक कार्यक्रमका बेला असहिष्णुतामाथि बयान दिएका थिए । आमिरले देशमा मुस्लिमविरुद्ध र सर्वसाधारणमाथि भइरहेको हिंसामा उनकी श्रीमती किरण असाध्यै डराएको बताएका थिए । उनले उनकी श्रीमती परिवारसहित देश छोडेर जान चाहेको बताएका थिए । आमिर खानको यो बयानले देश दुई गुटमा बाँडिएको थिये थियो र उनले ट्याग पाए – एन्टि नेशनल । 

गुमाए ठूला ब्रान्डः

असहिष्णुतामाथि बयान दिएपछि आमिरले इन्क्रेडिबल इन्डिया र स्न्यापडिलको ब्रान्ड एम्बेसेडरको पद गुमाए । 

म भारतमा नै जन्मिएँ र भारतमै मर्छु ः आमिर खान

एकवर्षसम्म भएको विवादपछि आमिर खानले यो मुद्दामा स्पष्टिकरण दिए । उनले यो बयानलाई गलत तरिकाले पेश गरेको बताउँदै आफू भारतमा नै जन्मिएको र यहाँ नै मर्ने बताए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप