आमिरले खोले किरणसँग सम्बन्ध विच्छेदको कारण
आमिर खानले आफ्नो ५७ औँ जन्मदिन मनाएका छन् । सो अवसरमा आमिर खानले आफ्नो सम्बन्धको बारेमा पनि कुराकानी गरेका छन् । उनले आफ्नो व्यक्तिगत जीवनका बारेमा फैलिएका हल्लाका बारेमा पनि स्पष्टीकरण दिएका छन् । केही समयअघि मात्र आमिर र किरण रावले आफ्नो १५ वर्षे वैवाहिक जीवनलाई तोड्ने निर्णय गरेका थिए । दुई जनाको सम्बन्ध विच्छेदको विषय प्रकाशमा आएपछि आमिरले अरूसँग सम्बन्ध राखेको हल्ला फैलिएको थियो ।
आमिर खानले एक निजी च्यानलसँग कुरा गर्दै सम्बन्ध विच्छेदसँग सम्बन्धित थुप्रै खुलासा गरे। आमिर खानले भने, "परिवारका रूपमा हामीले केही डिस्कस गरिरहेको हुँदा म कतै न कतै हराएको हुने कुरा वहाँले मलाई बताउने गर्नुहुन्थ्यो । उहाँले मलाई म अर्कै व्यक्ति भएको भन्नुहुन्थ्यो । यसपछि किरण जीले मलाई भयो कि म तपाईं परिवर्तन होस् भन्ने चाहन्न किनभने यदि तपाईं परिवर्तन हुनुभयो भने तपाईं मैले माया गरेको मान्छे रहनु हुने छैन। म तपाईंको मन र व्यक्तित्वलाई प्रेम गर्छु, त्यसैले म चाहन्न कि तपाईं कहिल्यै परिवर्तन होस् । तर अहिले किरणजीले ७ वर्षअघि भनेको कुरा सम्झिदा, आज म भन्छु, गत ६-७ महिनामा मैले आफूमा धेरै परिवर्तन देखेको छु । "
के यही कारण आमिरलाई सम्बन्ध विच्छेद भयो कि भनेर सोध्दा उनले भने, "किरण जी र म एकअर्कालाई धेरै माया गर्छौँ। हामी एकअर्काप्रति धेरै आदर र स्नेह गर्छौँ । अनि मैले बुझेँ कि मानिसहरूले हाम्रो समीकरण बुझ्दैनन्। मानिसहरूलाई बुझ्न गाह्रो छ। यसो हुनुको कारण के हो भने अक्सर हामी विवाहितहरूबीच त्यस्तो बन्धन देख्दैनौँ । पति-पत्नीको हैसियतमा हाम्रो सम्बन्ध परिवर्तन भएको छ तर हामी विवाहजस्तो पवित्र बन्धनलाई सम्मान गर्न चाहन्थ्यौँ । हामी एक अर्काको हात समातेर अगाडि बढ्नेछौँ। हामी सँगै काम गर्दैछौँ । हामी पानी फाउण्डेशनमा पनि सहकार्य गर्दै छौ । वहाँ म बसेको त्यही भवनमा तल्लो तलामा बस्नुहुन्छ। "
आमिर खानले पहिलो पत्नी रीना दत्तासँग विवाह टुट्नुको कारण किरण राव नभएको स्पष्ट पारेका छन् । आमिरले रीनासँग सम्बन्ध विच्छेद गर्ने समयमा उनको जीवनमा कोही नभएको बताए । उनले त्यो बेला किरण रावलाई चिनेको भए पनि दुईबीचको मित्रता लामो समयपछि भएको थियो । अहिले किरण रावसँग डिभोर्स भएपछि आमिर खानको नाम अरूसँग जोडिएको छ । अभिनेत्री फतिमा सना शेखका लागि उनले आफ्नो १५ वर्षे विवाह तोडेको हल्ला चलेको छ । अब आमिर खानले भने यो हल्लालाई खारेज गरेका छन्। आमिर खानले भने, "होइन, त्यतिबेला मेरो जीवनमा कोही थिएन । आज कोही छैन । '
आमिर खानले सन् २००५ मा किरण रावसँग विवाह गरेका थिए, सन् २००२ मा आफ्नी प्रथम पत्नी रीना दत्तासँग डिभोर्स गरेको ३ वर्षपछि। जेठी श्रीमती रीनाबाट आमिरका दुई सन्तान जुनेद र आइरा खान छन् । यसैगरी सन् २०११ मा आमिर र किरण रावले सरोगेसीमार्फत छोरा आजाद राव खानलाई स्वागत गरेका थिए । २०२१ जुलाईमा आमिर र किरणले अलग हुने निर्णय गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकट बस्तीमा निःशुल्क आँखा शिविर
-
पानामा र इङ्गल्याण्डबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
पहिलो हाफमा घानाविरुद्ध क्रोएसिया १–० ले अगाडि
-
घानाविरुद्ध क्रोएसियालाई महत्त्वपूर्ण अग्रता
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
समूह ‘एल’ को निर्णायक भिडन्त: नकआउट चरणका लागि क्रोएसियाको अन्तिम कसरत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण