२९ वर्षमा आलिया भट्टले कमाइन् यत्ति सम्पत्ति, यस्ता छन् गाडी
नायिका आलिया भट्ट बलिउडकी ती सेलिब्रिटीमध्ये एक हुन् जो सोसल मिडियामा सबैभन्दा बढी ट्रोलको निशानामा पर्छिन् । उनलाई नेपोटिजमको विषयमा धेरैकुरा सुनाइन्छ । तर उनले आलोचकमाथि खासै धेरै ध्यान नदिइकन आफ्नो कामप्रति सधैँ इमान्दारिता देखाइन् ।
आलिया आज अर्थात् मार्च १५, २०२२ मा आफ्नो २९ औँ जन्मदिन मनाइरहेकी छिन् । नायिका यो मौकामा आफ्नो परिवारसँग माल्दिभ्सको यात्रामा गएकी छिन् । उनले त्यहाँ नै आफ्नो जन्मदिन मनाउनेछिन् । नायिकाको जन्मदिनको मौकामा उनीबारे केही थप जानकारी लिऔँ ।
आलिया भट्टको जन्म १५ मार्च सन् १९९३ मा मुम्बईमा भएको थियो । नायिकाले आफ्नो करियरको सुरुवात सन् २०१२ मा फिल्म स्टुडेन्ट अफ द इयरमार्फत् गरेकी थिइन् । उनले यो फिल्ममा काम गर्दा उनीमाथि नेपोटिजमको आरोप लागेको थियो । फिल्ममा वरुण धवन पनि थिए ।
तर निकै थोरैलाई मात्र थाहा होला कि आलियाले यो फिल्ममा मुख्य भूमिकाका लागि ४०० जनासँग प्रतिस्पर्धा गरेकी थिइन् ।
उनको हालै रिलिज भएको फिल्म गंगुबाई काठियावाडीमा उनको प्रस्तुतीको धेरैले प्रशंसा गरेका छन् । फिल्मले उत्कृष्ट कमाई पनि गरेको छ ।
यसबाहेक राजी, गली बोय, उडता पञ्जाब, डियर जिन्दगी, हाइवे, २ स्टेट्स, बद्रिनाथ की दुल्हनिया, कलंक र सडक टु जस्ता फिल्ममा उनको पात्रलाई रुचाइएको छ ।
नायिकाको कुल सम्पत्तिको कुरा गर्नुपर्दा भारतीय सञ्चार माध्यममा प्रकाशित रिपोर्टका अनुसार उनको कुल सम्पत्ति ७४ करोड भारु हो । आलिया एउटा फिल्मका लागि ९–१९ करोड भारु पारिश्रमितक लिन्छिन् । यसबाहेक मुम्बईको बान्द्रामा उनको एउटा घर छ जसको मूल्य ३४ करोड बताइएको छ । यसका साथै लण्डनमा पनि उनको एउटा घर छ ।
नायिकालाई गाडीको पनि शौख छ । उनीसँग आफ्नै भ्यानिटी भ्यान पनि छ । यसका साथै उनीसँग अडी एसिक्स छ जसको मूल्य करिब ६० लाख छ । उनीसँग एउटा रेन्ज रोवर पनि छ जसको मूल्य १.७४ करोड हो । यतिमात्रै होइन उनीसँग एउटा बीएमडब्ल्यू सेभेन पनि छ जसको मूल्य १.३७ करोडको छ ।
नायिकाको आउँदो चलचित्रको कुरा गर्ने हो भने उनीसँग आर आर आर, रकी र रानी की प्रेम कहानी, ब्रम्हास्त्र र डार्लिङ्ग्स जस्ता फिल्म पाइपलाइनमा छन् । यसबाहेक उनीसँग एउटा हलिउड प्रोजेक्ट पनि छ जसको नाम हार्ट अफ स्टोन हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकट बस्तीमा निःशुल्क आँखा शिविर
-
पानामा र इङ्गल्याण्डबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
पहिलो हाफमा घानाविरुद्ध क्रोएसिया १–० ले अगाडि
-
घानाविरुद्ध क्रोएसियालाई महत्त्वपूर्ण अग्रता
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
समूह ‘एल’ को निर्णायक भिडन्त: नकआउट चरणका लागि क्रोएसियाको अन्तिम कसरत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण