ओलीको प्रतिनिधिसभा विघटन अन्तर्राष्ट्रिय सेटिङ अनुरुप थियो : प्रचण्ड
बुधबार, ०२ चैत २०७८, १० : ००
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दुई दुई पटकको प्रतिनिधिसभा विघटन अन्तरराष्ट्रिय सेटिङ अनुरुपको भएको बताएका छन् । तत्कालीन प्रधानमन्त्री केपी ओलीको सहभागितामा भएको सो सेटिङलाई आफूहरुले भत्काउन सफल भएको प्रचण्डले बताए ।
बुधबार काठमाडौंमा आयोजित पार्टीको आन्तरिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘माओवादी जनयुद्ध र ऐतिहासिक जनआन्दोलनको उपलब्धि उल्ट्याउने षड्यन्त्र अनुरुप विघटन गरिएको थियो । त्यसमा ठूलो अन्तरराष्ट्रिय सेटिङ अन्तरगत थियो । देशभित्र पनि प्रतिक्रियावादीहरुको सेटिङ अन्तरगत थियो । तर हामीले सशक्त रुपमा जनतामा अपील गरेपछि उनीहरुको सेटिङ सफल हुन पाएन ।’ प्रचण्डले कम्युनिस्टहरुबीचको एकतालाई धेरैले स्वीकारेपनि केपी ओलीको कार्यशैलीले नेकपा विभाजित बनेको बताए ।
याे पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

