आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

करण जोहरको पार्टीमा कट्रिनादेखि आलिया भट्टलगायतले बिछ्याए सुन्दरताको जादु

शुक्रबार, ०४ चैत २०७८, १४ : २८
शुक्रबार, ०४ चैत २०७८

धर्मा प्रोडक्सनका मुख्य कार्यकारी अधिकारी अपूर्व मेहताको ५० औँ जन्मदिनलाई विशेष बनाउनका लागि करण जोहरले एउटा ग्रान्ड पार्टीको आयोजना गरेका थिए । करणको ग्रान्ड पार्टीमा जवान सेलिब्रिटीले आफ्नो रुपमा जादु बिछ्याए ।

बलिउड पार्टीमा शाहरुख खान पुगे नपुगेपनि आजकाल उनका छोरा आर्यन खान जताततै देखिन्छन् । फरहान अख्तरको विवाहको पार्टी र श्वेता बच्चाको जन्मदिनको पार्टीपछि आर्यन खानलाई कालो सुट बुटमा करणको पार्टीमा देखियो ।

यस्तै, सिद्धार्थ मल्होत्राले पनि ब्ल्याक सुटमा क्यामरालाई पोज दिएको देखियो ।

कट्रिनालाई विवाह भएपछि बलिउडको पार्टीमा खासै देखिँदैन । तर उनी अपूर्व मेहताको जन्मदिनको पार्टीमा भने पुगिन् । आकाशे रङको बडीकन ड्रेसमा कट्रिना निकै स्टाइलिस देखिएकी थिइन् ।

करणको पार्टीमा कट्रिना कैफ र विक्की कौशललाई सँगै देखेपछि धेरैजना चकित परेका थिए ।

पार्टीमा तारा सुतारिया पनि एकदमै चम्किलो ताराजस्तो देखिएकी थिइन् । ह्वाइट सिमरी गाउनमा ताराको लुक सिम्पल  तर क्लासी थियो ।

यति धेरै सेलिब्रिटीबीच अर्जुन कपुरको लुक पनि नोटिसमा पर्ने खालको थियो । धेरैजसो पापराजीलाई देखेर टाढा भाग्ने अर्जुन अपूर्वको जन्मदिनमा क्यामरामा उनी निकै कुल देखिए ।

गंगुबाईमा दमदार अभिनय गरेकी आलिया भट्ट करण जोहरको पार्टीमा फ्लोरल प्रिन्ट भएको शर्ट ड्रेस लगाएकी थिइन् ।

करणको जोहरको पार्टीमा वरुण धवन नपुग्ने त कुरै छैन ।

यंग सेलिब्रिटस्बीच रकुल प्रित सिंहको लुक पनि निकै उत्कृष्ट रह्यो ।

जान्ह्वी कपुर शिमरी लङ गाउनमा देखिएकी थिइन् ।

परिणिती चोपडालाई पनि ब्ल्याक आउटफिटमा देखिएको थियो ।

नायिका मृणाल ठाकुर गोल्डन कलरको शिमरी गाउन लगाएर पुगेकी थिइन् ।

अमिताभ बच्चनकी नातिनी नव्या नवेली नन्दना पनि आजकाल बलिउड पार्टीमा निकै सक्रिय हुन्छिन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप