न्युजिल्यान्डमा कश्मीर फाइल्समाथि प्रतिबन्ध
भारतमा रिलिज भएपछि चर्चामा रहेको बलिउड फिल्म ‘द कश्मिर फाइल्स’ अब न्युजिल्यान्डमा चर्चित भएको छ । यद्यपि यो फिल्मलाई न्युजिल्यान्डमा प्रदर्शनमा भने रोक लगाइएको छ । पहिले फिल्मलाईं ‘ए’ सर्टिफिकेटका साथ रिलिजका लागि अनुमती दिइएको थियो । तर मुश्लिम समुदायको मागप्रति समीक्षा गर्दै सेन्सर बोर्डले फिल्ममाथी रोक लगाउने फैसला गरेको हो । सेन्सर बोर्डको यो फैसलाबाट न्यूजिल्यान्डका पूर्व उप राष्ट्रपति भड्किएका छन् । उनले भने, ‘इश्लामको नाममा आतंकवादीलाई प्रश्रय दिनु हुन्नँ ।’
पूर्व उपराष्ट्रपतिले गरे आलोचना
न्युजिल्यान्डका पूर्व उप राष्ट्रपति विन्स्टन पिटर्सले यसलाई न्युजिल्यान्डसमेत विश्वभरीका मानिसको स्वतन्त्रतामा हमला गरेको बताएका छन् । अफ्नो फेसबुक पोस्टमा पीटर्सले लेखेका छन्, ‘यो फिल्मलाई सेन्सर गर्न न्युजिल्यान्डमा १५ मार्चको अत्याचारको जानकारीलाई लुकाए सरह हो ।’
पिटर्स थप्छन्, ‘इश्लामको नाममा आतंकवादीलाई बचाउनु हुन्नँ । आतंकवादलाई सबै पक्षबाट विरोध गर्नुपर्छ ।’ सेन्सर बोर्डले यो विवादको विषयमा भनेको छ, ‘फिल्म सेन्सर गर्नुको अर्थ यो होइन कि देशमा फिल्ममाथि प्रतिबन्ध लगाइँदै छ । मुस्लिम समुदायको सदस्यले हामीलाई सम्पर्क गरेर फिल्मले मुस्लिम विरोधी भावना र घृणा बढ्न सक्ने चिन्ता व्यक्त गरेका छन् ।’
हालसम्म फिल्मको व्यापार १ अर्ब ४१ करोड
‘द कश्मीर फाइलसले ९ दिनमा २४.८० करोड भारुको व्यापार गरेको थियो । ११ मार्चमा रिलिज भएको फिल्मले हालसम्म बक्स अफिसमा १ अर्ब ४१ करोड भारतीय रुपैयाँ आम्दानी गरेको छ । व्यापार विज्ञहरुका अनुसार सोमबारसम्म फिल्मको व्यापार १ अर्ब ७५ करोड भारु पुग्ने छ । किनकी फिल्मको अग्रिम बुकिङ पनि अत्यन्त धेरै छ ।
कयौँ राज्यमा भइसकेको छ कर छुट
मध्य प्रदेश, गुजरात, कर्नाटक, उत्तर प्रदेश, हिमाञ्चल प्रदेश, गोवा र त्रिपुरा समेत मिलाएर ८ राज्यमा फिल्मलाई पहिलेनै कर छुट दिइएको थियो ।
अब केन्द्र शासित प्रदेश चन्डीगढलाई समेत मिलाएर यो संख्या नौ पुुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल
-
घानामाथि क्रोएसियाको रोमाञ्चक जित, इङ्गल्याण्ड र क्रोएसियासँगै घाना पनि अन्तिम ३२ मा !
-
विकट बस्तीमा निःशुल्क आँखा शिविर
-
पानामा र इङ्गल्याण्डबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
पहिलो हाफमा घानाविरुद्ध क्रोएसिया १–० ले अगाडि
-
घानाविरुद्ध क्रोएसियालाई महत्त्वपूर्ण अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण