पूर्व पतिलाई इन्स्टाग्रामबाट ‘अनफलो’ गरिन् समान्थाले
दक्षिण भारतीय फिल्मकी लोकप्रिय अभिनेत्री सामन्था रुथ प्रभु प्रायः सामाजिक सञ्जालमा छाइरहन्छिन् । उनी आफ्नो व्यावसायिक जीवनका अलावा निजी जीवनलाई लिएर सामाजिक सञ्जालमा चर्चा परिचर्चाको पात्र बनिरहन्छिन् ।
गत वर्ष अभिनेत्रीले अभिनेता पति नागा चैतन्यसँग सम्बन्धविच्छेद गरेपछि उनको चर्चा अझ बढेको छ । नागा र सामन्थाले सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै आफूहरु अलग्गिने घोषणा गरेका थिए । यद्यपि सामन्थाले केही समयअघि मात्र त्यो पोस्ट हटाएपछि कतै उनीहरु पुनः मिल्न लागेका त होइनन् भन्ने अड्कलबाजी पनि गरिएको थियो ।
तर अहिले आएर त्यो अड्कलबाजीलाई सामन्थाले पूर्णविराम लगाइदिएकी छन् । उनले पूर्व पतिलाई इन्स्टाग्रामबाट ‘अनफलो’ गरेकी छन् । यतिमात्र होइन, उनले सामाजिक सञ्जालमा रहेको नागासँगको आफ्ना सबै तस्विरलाई हटाएकी छन् ।
उनको यो कदमले उनी आफू जिन्दगीमा धेरै अगाडि बढिसकेको र पछाडि फर्केर हेर्ने सम्भावना कम रहेको सन्देश दिएकी छन् । यसअघि उनले नागासँगको विवाहमा आफूलाई नागाले दिएको विवाहको साडी पनि फिर्ता गरिदिएकी थिइन् । आफ्नो विवाहमा सामन्थाले नागाकी हजुरआमाको साडी लगाएकी थिइन् । जुन साडीलाई उनले फिर्ता गरेकी हुन् ।
सामन्था र नागाले आफ्नो चार वर्षे वैवाहिक सम्बन्धलाई गत वर्षको अक्टोबरमा टुंग्याएका थिए । उनीहरुले संयुक्त विज्ञप्ती जारी गर्दै आफूहरु अबका दिनमा अलग्गै रहने घोषणा गरेका थिए । कामको कुरा गर्दा सामन्था पछिल्लोपटक फिल्म ‘पुष्पा’ को आइटम गीत ‘ओ अन्तावा’मा देखिएकी थिइन् । यसबाहेक उनी ‘यशोदा’, ‘अरेन्जमेन्ट अफ लव’ र ‘शकुन्तलम’मा देखिँदैछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकट बस्तीमा निःशुल्क आँखा शिविर
-
पानामा र इङ्गल्याण्डबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
पहिलो हाफमा घानाविरुद्ध क्रोएसिया १–० ले अगाडि
-
घानाविरुद्ध क्रोएसियालाई महत्त्वपूर्ण अग्रता
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
समूह ‘एल’ को निर्णायक भिडन्त: नकआउट चरणका लागि क्रोएसियाको अन्तिम कसरत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण