ओस्कार : विल स्मिथ बने उत्कृष्ट अभिनेता, कोडा उत्कृष्ट चलचित्र
विल स्मिथले ओस्करमा उत्कृष्ट अभिनेताको पुरस्कार हात पारेका छन् । ‘किङ रिचर्ड’ चलचित्रका लागि उनले सो पुरस्कार हात पारेका हुन् । चलचित्रमा उनले टेनिस स्टार सेरेना र भेनस विलियम्सका पिताको भूमिका निर्वाह गरेका छन् ।
पुरस्कार ग्रहण गर्दा निकै भावुक बनेका स्मिथले यसअघि स्टेजमा क्रिस रकलाई अनुहारमा हिर्काएकोमा माफीसमेत मागेका थिए । यता, जेसिका चास्टियनले ‘द आइज अफ ट्यामी फेय’ का लागि उत्कृष्ट अभिनेत्रीको पुरस्कार जितिन् ।
त्यस्तै, ‘कोडा’ले ‘द पावर अफ द डग’ लाई पछि पार्दै उत्कृष्ट चलचित्रको पुरस्कार जित्न सफल रह्यो । बेनेक्डिट कम्बरब्याच अभिनीत चलचित्र १२ वटा विधामा मनोनयनमा परेको थियो । तर एउटा मात्र पुरस्कार हात पार्न सफल रह्यो ।
यता मात्र तीनवटा विधामा मनोनयनमा परेको कोडाले सर्वोत्कृष्ट चलचित्रको पुरस्कार हात पार्यो । जेन क्याम्पियन उत्कृष्ट निर्देशकको पुरस्कार हात पारिन् । यो विधामा दुईपटक मनोनयनमा पर्ने उनी एक्लो महिला निर्देशक हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकट बस्तीमा निःशुल्क आँखा शिविर
-
पानामा र इङ्गल्याण्डबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
पहिलो हाफमा घानाविरुद्ध क्रोएसिया १–० ले अगाडि
-
घानाविरुद्ध क्रोएसियालाई महत्त्वपूर्ण अग्रता
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
समूह ‘एल’ को निर्णायक भिडन्त: नकआउट चरणका लागि क्रोएसियाको अन्तिम कसरत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण