बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
मंगलबार, १५ चैत्र २०७८, १८ : १३

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-२६ सामाखुसी बस्ने स्याङ्जा आधींखोला गाउँपालिका-४ घर भएका ५२ वर्षीय काजी गुरुङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको गत फागुन १ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ६ दिन कैद र ४० लाख रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौं सामाखुसीबाट पक्राउ गरेको हो । गुरुङले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी पीडितलाई झुक्यानमा पारी एभरेष्ट बैंक लिमिटेड गोंगबु काठमाडौंमा रहेको उनको खाताबाट रकम भुक्तान हुने भनी चेक दिएको ठहर गर्दै अदालतले उक्त फैसला गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालू आर्थिक वर्षमै नेपालको जडित क्षमता २८ सय मेगावाट पुग्छ : कुलमान घिसिङ
-
प्रधानन्यायाधीशलाई ५ नम्बरको मर्यादाक्रममा राख्ने विधेयकप्रति बारको आपत्ति
-
निजामती अस्पताल र आन्दोलनरत पक्षबीच ६ बुँदे सहमति, ताला तोडियो
-
गठबन्धन परिवर्तनको एक महिना : सत्ता सहयात्री सिंहदरबार बाहिरै
-
उपनिर्वाचनमा एमालेले गठबन्धन नगर्ने
-
तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने राप्रपाको निर्णय, कमाण्डर तोकियो