बुद्धभूमिमा अन्याय र अत्याचार बढी भयो : ज्ञानेन्द्र शाही
राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले बुद्धभूमिमा अन्याय र अत्याचार बढी भएको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी रुपन्देहीद्वारा आयोजित आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै शाहीले शान्ति भूमिमा पनि यस्तो भएकोले राष्ट्रघातीलाई कहिले नस्वीकार्ने बताउँदै देशको अबको लडाइँ शिक्षा, स्वास्थ्य, सुशासन र यही देशमा रोजगारीको रहेको बताए ।
विश्वभर नभएको सुन्दर र सम्पदा युक्त देश नेपाल रहेकोले यसलाई सुधार्न जरुरी रहेको उनले बताए । ‘राजा हुँदा देशमा न्याय हुन्थ्यो, अहिले देशद्रोहीले देश चलेकोले अब जनता न्याय माग्न कहाँ जाने उनले प्रश्न गरे । तीन वर्षमा एक अर्ब ८ करोड बजेट सिद्धार्थनगर आएको र ५० करोड आठ लाख बेरुजु भएको जसमध्ये १७ करोड मोजमस्तीमा खर्च भएको सुनाउँदै प्रवक्ता शाहीले यसको हिसाब जनताले लिनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण