भक्तपुर बमकाण्ड : मोटरसाइकल भेटियो, बम विस्फोट गराउने फरार
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकामा शनिबार साँझ बम विस्फोट गराउन प्रयोग भएको मोटरसाइकल फेला परे पनि विस्फोट गराउनेहरु भने फरार रहेका छन् ।
उक्त नगरपालिकाको वडा नम्बर ७ स्थिति बागेश्वरी बम विस्फोट भएको महानगरिय प्रहरी परिसर भक्तपुर प्रवक्ता प्रहरी नायव उपरिक्षक कृष्ण प्रसाईले जानकारी दिए ।
उक्त स्थान नजिकै नेपाली कांग्रेसका प्रदेश सभा तर्फका उम्मेदवार जिवन खत्रीको घर रहको छ ।
मोटरसाइकलमा आएका दुई व्यक्तिले बम फालेर गएलगत्तै ठूलो आवाज गरी पड्केको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।
प्रहरीले बम विस्फोटन गराउन प्रयोग भएको आंशका गरिएको हरियो रंगको हिरो होण्डा बा.११ प ७५८९ नम्बरको मोटर साइकल फेला पारेको छ ।
प्रहरीले बम विस्फोट भएको स्थानमा प्रेसरकुकरको टुक्रा फेला पारेको छ । उक्त स्थानमा प्रेसर कुकरबम विस्पोट भएको प्रहरीले प्रारम्भिक अनुमान रहेको छ ।
घटनामा संग्लनहरु भने फरार रहेको प्रहरीले जानकारी दिएको छ ।
उता, मध्यपुर थिमीमा समेत बम विस्फोट भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले सुरक्षा व्यवस्था कडा बनाउँदै विभिन्न स्थानमा सुरक्षा चेकजाँच गरिरहेको महानगरिय प्रहरी परिसर भक्तपुर प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रसाईले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण