रेडियो प्रचार सेवा विकास समितिको सदस्यमा गायक सिताराम पोखरेल नियुक्त
बुधबार, २३ चैत २०७८, १७ : ४९
वरिष्ठ गायक सिताराम पोखरेल रेडियो प्रचार सेवा विकास समितिको सदस्यमा नियुक्त भएका छन् । उनलाई संचार तथा सुचना प्रविधि मन्त्री स्तरिय निर्णयबाट दुई वर्षका लागि सदस्यमा नियुक्त गरिएको हो ।
सदस्य नियुक्त भएपछि पोखरेलले रेडियो प्रचार सेवा विकास समितिमा रहेर रेडियो नेपालको विकास र विस्तारमा सक्दो योगदान दिने बताए । २०४४ मा ‘सजाइदियौ जिन्दगी मेरो’ बोलको गीतबाट सांगीतिक यात्रा थालेका पोखरेलका अहिलेसम्म दुई सयभन्दा बढी गीत तथा कबिर एक दर्जन एल्बम बाहिर आएका छन् ।
पोखरेल मोडल तथा कलाकार पनि हुन् । उनी आफ्नो गीतको भिडियोको अलवा ठुला तथा सानापर्दाका फिल्ममा समेत अभिनय गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण