नयाँ दिल्लीका मासु पसल बन्द गरिएपछि आलोचना

भारतको राजधानी नयाँ दिल्लीमा अधिकांश मासु पसलहरू दुई दिनदेखि बन्द छन् । नौ दिनसम्म मनाइने हिन्दूहरुको पर्व नवरात्रिको अवसरमा स्थानीय अधिकारीहरुको निर्देशनमा मासु पसल बन्द भएका हुन् । तर, मासु पसल बन्द गर्न दिइएको निर्देशनलाई लिएर त्यसको चर्को आलोचना भएको छ ।
चाडपर्वको समयमा अधिकांश मानिसहरुले मासु नखाने दक्षिण तथा पूर्वी जिल्लाहरुका मेयरहरुले बताएका छन् । नवरात्रीमा पसलमा खुलम खुला मासु काटेको आफूले देख्न नसकेको धेरैले बताएका थिए । तर, समाजिक सञ्जालमा यसको चर्को विरोध भएको छ । यसले भारतको बहुलबाद उल्लंघन गरेको धेरैले गुनासो गरेका छन् ।
महिषासुर र दानवमाथि देवी दुर्गाको विजय उत्सवको रुपमा नवरात्रि मनाइन्छ । नौ दिनको चाडको समयमा हिन्दू भक्तजनहरु सामान्यतया उपवास बस्छन् । उनीहरुले मासु खाँदैनन् भने खानामा लसुन, प्याज प्रयोग गर्दैनन् ।
नयाँ दिल्लीमा मुख्यमन्त्री अरविन्द केजरीवालको आम आदमी पार्टीको सरकार छ । दिल्ली सरकारले मासु पसलहरू बन्द गर्न कुनै आधिकारिक आदेश जारी गरेको छैन ।
११ अप्रिलसम्म पसलहरू बन्द राख्न आह्वान गर्ने मेयरहरू प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी (बीजेपी) का हुन् । तर उनीहरुको आह्वानको तीब्र आलोचना भइरहेको छ । सांसद र तृणमूल कंग्रेस पार्टीका नेता महुआ मोइत्राले भने, ‘संविधानले मलाई मन परेको बेला खाना खान अनुमति दिन्छ । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
रिब्दीकोटमा एकल महिला पुरुषलाई सम्मान
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
प्रतिनिधिसभा बैठक : सरकारको वार्षिक नीति तथा कार्यक्रम निर्णयार्थ पेस हुँदै
-
न्यूरोडमा बालेनसँग विवादको प्रभाव : काठमाडौँका अधिकांश सडकबाट हात झिक्दै ‘सवि’
-
चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा ...