आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

‘राष्ट्रिय लोक दोहोरी महोत्सव–२०७८’ शनिबारबाट सुरू हुने

बिहीबार, २४ चैत २०७८, २० : १०
बिहीबार, २४ चैत २०७८

‘राष्ट्रिय लोक दोहोरी महोत्सव–२०७८’ शनिबारबाट सुरू हुने भएको छ । टुँडिखेलमा आयोजना हुने महोत्सवको बिहिबार आयोजक डिएआर मुभिज एण्ड फिल्मस् लिमिटेडले  पत्रकार सम्मेलन गर्दै विभिन्न पक्षको जानकारी दियो । पाँच दिनसम्म चल्ने महोत्सवको उपराष्ट्रपति नन्द बहादुर पुन ‘पासाङ’ले उद्घाटन गर्ने आयोजकले जनाएको छ । 

खुल्ला प्रतियोगीतामध्येकै पहिलो ठूलो पुरस्कार राशिको महोत्सवमा ७० भन्दा बढी समूहको सहभागिता रहने महोत्सव मूल आयोजक समितिका अध्यक्ष नवराज ढुंगानाले जानकारी दिए । महोत्सवमा प्रथम हुने समूहलाई ५ लाख रुपैयाँसहित अन्य पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, द्धितिय, तृतीय र सान्त्वना हुने समूहले क्रमश ३ लाख, २ लाख र १ लाख रुपैयाँसहित अन्य पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिताको निर्णायकमा गायक(गायिका पुरुषोत्तम न्यौपाने, घमेश दुलाल, हरी थापा, सीता थापा, रीता थापा, कमलीकान्त भेटवाल र शिव हमाल रहेका छन् । त्यस्तै, प्रतियोगितामा अमृत खाती, मिना मैया थापा, भिमसेन खतिवडा, सरोज लामिछाने, रविन लामिछाने, कल्पना दाहाल र राम कुमार नेपाली सम्मिलित निर्णायक मण्डल समेत रहने छ । महोत्सवमा उत्कृष्ट गायक–गायिका एवं नवप्रतिभा पुरस्कार समेत प्रदान गरिनेछ ।

महोत्सवमा ६४ समूहबाट विभिन्न जात जातिहरूको संस्कृति झल्कने झाँकी प्रदर्शनी गरिने, विभिन्न विधाका चर्चित कलाकारहरुको दैनिक प्रस्तुती रहने, विभिन्न स्रष्टा सर्जकलाई सम्मान गरिने साथै निःशुल्क स्वास्थ्य परीक्षणको समेत व्यवस्था महोत्सवमा गरिएको छ । टुबोर्गको प्रस्तुती रहेको महोत्सवमा मुख्य प्रायोजनमा बागेश्वरी खड्का हाउजिङ डेभलपर्स रहेको छ । आयोजक डिएआर मुभिज एण्ड फिल्मस् लिमिटेडका निर्देशक श्याम धितालले नेपाली लोक गीत संगीतको जगेर्ना गर्ने उद्धेश्यले महोत्सव आयोजना गरिएको जानकारी दिए ।
महोत्सवमा दर्शकहरुलाई निःशुल्क प्रवेशको ब्यवस्था गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप