आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
आजकाे राशिफल

आइतबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल

सारांश

  • वि.सं. २०८३ साल जेठ ३१ गते आइतबारको पञ्चाङ्ग अनुसार आजको दिनको शुभ साइत र राहुकालको जानकारी दिइएको छ ।
  • आजको राशिफल अनुसार मेष, वृष, कर्कट, सिंह, कन्या, वृश्चिक, धनु, मकर र मीन राशिका लागि दिन शुभ रहनेछ ।
  • मिथुन, तुला र कुम्भ राशिका लागि भने आजको दिन केही चुनौतीहरू आउन सक्नेछन् ।

आजको पञ्चाङ्ग

वि.सं.२०८३ साल जेठ ३१ गते । आइतबार । इस्वी सन् २०२६ जुन १४ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४८ । अधिक जेठ कृष्णपक्ष । तिथि–चतुर्दशी, १६ घडी १६ पला, बिहान ११ बजेर ४० मिनेट उप्रान्त औंशी । नक्षत्र–रोहिणी, ४४ घडी ४ पला, बेलुकी १० बजेर ४७ मिनेट उप्रान्त मृगशिरा । योग–धृती, २१ घडी १६ पला, दिउँसो १ बजेर ४० मिनेट उप्रान्त शूल । करण–शकुनी, बिहान ११ बजेर ४० मिनेट उप्रान्त चतुष्पद, बेलुकी १० बजेर २६ मिनेट उप्रान्त किंस्तुध्न  । आनन्दादिमा–धाता योग । चन्द्रराशि–वृष ।

काठमाडौँमा सूर्योदय बिहान ५ बजेर ९ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ५८ मिनेट । दिनमान ३४ घडी ३३ पला ।

आजको बार बेला ।

  • बिहान ५ बजेर ९ मिनेटसम्म उद्वेग बेला ।
  • बिहान ५ बजेर १० मिनेटदेखि बिहान ६ बजेर ५३ मिनेटसम्म चर बेला ।
  • बिहान ६ बजेर ५४ मिनेटदेखि बिहान ८ बजेर ३७ मिनेटसम्म लाभ बेला ।
  • बिहान ८ बजेर ३८ मिनेटदेखि बिहान १० बजेर २० मिनेटसम्म अमृत बेला ।
  • बिहान १० बजेर २१ मिनेटदेखि बिहान १२ बजेर ४ मिनेटसम्म काल बेला ।
  • दिउँसो १२ बजेर ५ मिनेटदेखि दिउँसो १ बजेर ४८ मिनेटसम्म शुभ बेला ।
  • दिउँसो १ बजेर ४९ मिनेटदेखि दिउँसो ३ बजेर ३१ मिनेटसम्म रोग बेला ।
  • दिउँसो ३ बजेर ३२ मिनेटदेखि बेलुकी ५ बजेर १५ मिनेटसम्म उद्वेग बेला ।
  • बेलुकी ५ बजेर १६ मिनेटदेखि बेलुकी ८ बजेर १५ मिनेटसम्म शुभ बेला ।

नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल

बेलुकी ५ बजेर १५ मिनेटदेखि बेलुकी ६ बजेर ५८ मिनेटसम्म राहुकाल रहनेछ ।

नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको छ  ।

ब्रहा मुहूर्त

बिहान ३ बजेर ३३ मिनेटदेखि बिहान ४ बजेर २१ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

आजको राशिफल

  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) खाद्यान्न तथा होटल रेष्टुरेन्टको लगानीबाट मनग्गे आम्दानी हुनेछ । निर्माण सामाग्री, गरगहना तथा औषधीजन्य सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ भने रमाइलो स्थानको यात्रा गर्ने अवसर जुर्नेछ । मनोरञ्जन तथा पारिवारिक यात्रामा समय खर्च हुनेछ । नयाँ काम पाउने तथा नोकरीमा पदोन्नति हुनेछ । अध्ययनमा मन जाने तथा अध्ययनकै सवालमा लामो दुरीको यात्राको योग रहेको छ ।
  • वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जाने तथा दाम्पत्य जीवन सुखी रहनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरूलाई हराउँदै अगाडी बढ्न सकिनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने चाहेको समयमा कामहरू सम्पन्न हुने हुँदा आफन्तहरू खुसी हुनेछन् । सुन्दर तथा बिलासी वस्तुहरूको प्रयोग मार्फत अरूको मन आफूतिर लोभ्याउन सकिनेछ । उत्तम वस्त्र, मन पर्ने भोजन तथा विशेष उपहार प्राप्तिको योग रहेको छ ।
  • मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आम्दानी भन्दा खर्च बढ्नाले आर्थिक अवस्था तथा दैनिकी प्रभावित हुनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आई खर्च बढ्नेछ । नियम संगत काम नगर्नाले दण्ड तथा जरिवाना तिर्नुपर्ने हुन सक्छ ध्यान दिनुहोला । तपाईँको व्यवहारले माया प्रेममा अविश्वास बढ्नेछ । तापनि लामो दुरीको विदेश यात्रा हुने तथा विदेशमा बसेर काम गर्नेहरूका लागी समय फलदायी रहनेछ ।
  • कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सुखद समाचारले आजको दीन उत्साह पूर्वक बित्नेछ । सहपाठी तथा प्रतिस्पर्धीहरूलाई उछिन्दै विशेष अवसरमा सहभागी हुने अवसर जुर्नेछ भने मेहनतले बौद्धिक क्षेत्र फराकिलो हुनेछ । रोकिएका काम बन्ने तथा नयाँ काम सुचारु गर्न सकिनेछ । पैतृक धन तथा सम्पत्तिको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । व्यापारमा दिगो आर्थिक लाभ हुने योजना शुभारम्भ गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ ।
  • सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूका लागी जनताको समर्थन पाइने तथा पद प्राप्तिको योग रहेको छ । पढाइ लेखाइमा मन जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । नयाँ काम पाइने वा नोकरीमा बढोत्तरीको योग रहेको छ । व्यवसाय वा उद्योगमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । प्राकृतिक स्रोत तथा सम्पत्तिको प्रयोग गरी आए बढाउन सकिनेछ ।
  • कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) सानो प्रयत्नले राम्रा तथा उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । पढाइ लेखाइको लागी समय उत्तम रहेको छ भने खोज तथा अनुसन्धानको क्षेत्रबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । प्रेम सम्बन्ध सकारात्मक बाटोमा बढ्नेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने धार्मिक यात्रा हुने प्रबल सम्भावना रहेको छ । खानपान, किनमेल तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।  
  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापार व्यवसायमा लगानी गर्नको लागी केहि समय कुर्नु नै उत्तम हुनेछ । काम गर्दा ध्यान दिनुहोला ऋण तथा सङ्कटको सामना गर्नुपर्ने हुनसक्छ । मन परेको मानिस टाढिने हुँदा मन खिन्न हुनेछ । आफन्त तथा दिदी बहिनीसँग मनमुटाब सिर्जना हुने योग रहेको छ । पढाइ लेखाइमा कडा मेहनत गर्दा मात्र नतिजा हात पार्न सकिनेछ । भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला ।
  • वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) एकल तथा साझेदारी व्यापारमा लगानी गरी प्रशस्त नाफा कमाउन सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात लाग्ने हुनाले आफन्त तथा अग्रजहरू खुसी रहनेछन् । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बिच मायाको डोरो कसिलो हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ ।
  • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) समय राम्रो रहेकोले सानो प्रयत्नले उपलब्धिमूलक काम गर्न सकिनेछ । व्यापार तथा उद्योगमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । पारिवारिक माहोलामा फिल्म हेर्न तथा मनोरञ्जनमा समय व्यातित गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । मावली पक्षको सहयोगले नयाँ कामको थालनी गर्न सकिनेछ । नोकरी वा अध्ययनमा हुने प्रतिस्पर्धामा तपाईँको नाम उच्च स्थानमा आउनेछ ।
  • मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) मन परेको मानिसबाट उपहार प्राप्तिको योग रहेको छ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ भने यात्राको अवसर जुर्नेछ । बिलासी सामानको प्रयोग मार्फत अरूको मन लोभ्याउन सकिनेछ । खाद्यान्न तथा गरगहनाको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । राजनीति तथा सामाजिक काममा आलोचना सहितको समर्थन प्राप्त हुने र पद प्राप्तिको योग रहेको छ । अध्ययन वा कामको सिलसिलामा लामो दुरीको वैदेशिक यात्रा हुनेछ ।
  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) घरेलु समस्याले सताउने तथा आमाको स्वास्थ्यमा खराबी आउन सक्छ । आफन्त तथा साथीभाइहरूले काममा बाधा तथा अवरोध गर्नेछन् । पढाइ लेखाइ सुस्त गतिमा अगाडी बढ्नेछ । माया प्रेममा आफ्नो मन मिल्ने मायालुलाई समय दिन नसक्दा सामान्य मनमुटाब सिर्जना हुनेछ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ । कृषि तथा पशु चौपायाको व्यवसाय फस्टाएर जानेछ ।
  • मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आÏनै मेहनतले व्यवसायमा फड्को मार्न सकिनेछ । लगनशीलताका साथ गरिने कामको उच्च मूल्याङकन हुनेछ । दाजुभाइ तथा छिमेकीसँगको सम्बन्धमा सुधार गर्दै नयाँ कामहरू गर्न सकिनेछ । प्रतिस्पर्धीहरू सहयोगी बन्नेछन् भने कुनै पनि प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । अध्ययन वा कामको सवालमा यात्राको योग रहेको छ । प्रविधिको प्रयोग मार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप
दुर्गा भण्डारी
दुर्गा भण्डारी
लेखकबाट थप