कीभबाट रुसी सेना फिर्ता, पूर्वी क्षेत्रमा आक्रमण केन्द्रित
कीभ र चेर्निहिभ क्षेत्रबाट रुसी सेना फिर्ताको प्रक्रिया पूरा भएको छ । अमेरिकी रक्षा मन्त्रालयका एक अधिकारीले भने, “रुसी फौजहरू कीभ र चेर्निहिभ नजिकका क्षेत्रबाट फिर्ता हुने प्रक्रिया सम्पन्न भएको छ र उनीहरू बेलारुस र रूसीको क्षेत्रमा जम्मा भएका छन् ।” “हामीले कीभ र चेर्निहिभ वरपर रुसी फौजहरू देखेका छैनौँ,” पेन्टागनका प्रवक्ता जोन किर्बीले भने ।
उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो ‘रणनीतिक लक्ष्यको शून्य उपलब्धि हासिल’ गरेको दाबी गरे । “पुटिनले थोरै जनसङ्ख्या भएका केन्द्रहरू मात्र नियन्त्रणमा लिएका तर खार्किभलगायतका स्थानलाई कब्जा गर्न नसकेको देखिएको छ,”उनले भने ।
रुसले आफ्नो शक्ति पूर्वी युक्रेनको डोन्बास केन्द्रित गर्ने घोषणा गरेको केही दिनमै कीभ र चेर्निहिभबाट फौज फिर्ता भएको खबर आएको हो । अमेरिकी अधिकारीले अधिकारीले रुसी फौजहरू भविष्यमा कीभतर्फ फर्कन सक्ने सम्भावना टरिनसकेको बताए । ती अधिकारीका अनुसार रुसले युक्रेन युद्धमा पठाएका १८० सैन्य बटालियन मध्ये ८० बटालियन अझै युक्रेनमै छन् ।
अमेरिकी रक्षा अधिकारीलाई उद्धृत गर्दै युक्रेनबाट कम्तीमा २४ हजार रुसी फौज फिर्ता भएको जनाएको छ । फिर्ता भएका सैनिकहरू रूस र बेलारूस क्षेत्रका यूक्रेनी भूभागमा भेला भएका पनि बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण