शौचालय गएकी श्रीमतीको दाउराले हिर्काएर हत्या
सोमबार, २८ चैत २०७८, १२ : ३५
उदयपुरको कटारी नगरपालिका-५ बर्मजियामा एक महिलाको हत्या भएको छ । सोमबार बिहान शौचालय बसिरहेकी ३७ वर्षीया नानु खनालको उनकै श्रीमानले हत्या गरेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । घरायसी विवादका कारण पोष्टराज दाहालले शौचालय बसिरहेकै स्थानमा दाउराले हिर्काएर हत्या गरेको प्रहरीको भनाइ छ ।
बिहान करिब साढे ४ बजेतिर शौचालय गएकी खनालको घरको आँगनमा रहेको दाउराले हिर्काउँदा उनको घटनास्थलमा नै ज्यान गएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । प्रहरीले घटनास्थल प्रकृति मुचुल्का गरी शवलाई कटारी अस्पतालमा पोष्टमार्टमका लागि लगेको छ । पोष्टराज दाहाललाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यो सदनमा प्रश्नको घाँटी निमोट्ने तयारी हुँदैछ : महामन्त्री थापा
-
सभामुखलाई पनि बोल्न अवरोध : कांग्रेसले रोष्टम घेर्यो (तस्बिरहरु)
-
कांग्रेसको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
-
संसदीय समिति नबनी सदनको कुनै पनि कामकारबाही अघि नबढ्ने कांग्रेसको घोषणा
-
सभामुख अघि बढ्न खोजेपछि कांग्रेसले भन्यो– संसद्मा गलत अभ्यास नगरौं
-
गगन थापाले भने– संसद्ले सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाओस्