आफ्नो विवाहमा बेहोस भएका थिए ऋषि कपुर, नितू कपुरले बताइन् कारण
ऋषि कपुर र नितू कपुरको जोडी बलिउडका एभरग्रीन जोडीको सूचीमा समावेश रहनेछ । ऋषि कपुर र नितू कपुरजस्तै अब आलिया भट्ट र रणबीर कपुर पनि प्रेमको एउटा नयाँ कथा लेख्दैछन् । यी दुई छिट्टै नै विवाह बन्धनमा बाँधिएर आफ्नो प्रेमलाई अर्को नाम दिनेछन् । रणबीर र आलियाको विवाह अघि आज हामी तपाईंलाई नितू कपुर र ऋषि कपुरको विवाहसँग जोडिएको एउटा रोचक जानकारी सुनाउँदैछौँ ।
नितू कपुरलाई असाध्यै माया गर्दथे ऋषि कपुरः
रणबीर कपुरका पिता ऋषि कपुरले फिल्म बबीबाट बलिउडमा डेब्यू गरेका थिए । यो फिल्मपछि अभिनेता रातारात स्टार भएका थिए । ऋषि कपुरको चार्मिङ पर्सनालिटीले थुप्रै युवतीको मन जितेको थियो । तर ऋषि कपुर नितू कपुरसँगको प्रेममा परे । ऋषि कपुरले जब नितूलाई डेट गर्न सुरु गरेका थिए तब उनी एक सफल अभिनेता थिए । यी दुईको सम्बन्ध निकै विशेष थियो । ऋषि कपुर र नितू कपुरले २२ जनवरी सन् १९८० मा विवाह गरेका थिए ।
विवाहको दिन बेहोस भएका थिए ऋषि कपुरः
कपुर खानदानको यो विवाहमा देशका साथै विदेशका थुप्रै चर्चित हस्ती पनि समावेश भएका थिए तर यसैबीच केही यस्तो घटना घट्यो कि सबैजना आत्तिए । एक अन्तरवार्ताका बेला नितू कपुरले विवाहका बेला आफू र ऋषि कपुर बेहोस भएको बताएकी थिइन् । यद्यपि, दुईजना बेहोस हुनुका कारण भिन्न भिन्न थिए ।
नितू कपुरले आफ्नो अन्तरवार्तामा यो किस्साबारे जानकारी दिँदै भनेकी थिइन्, ‘म र ऋषि कपुर हाम्रो विवाहमा बेहोस भएका थियौँ । मेरो लेहेङ्गा असाध्यै भारी थियो र विवाहमा असाध्यै धेरै मानिसको उपस्थिति थियो । मेरा लागि यो सबै सहन मुश्किल भएको थियो । मेरा श्रीमान् ऋषि कपुर मानिसको भीड देखेर बेहोस भएका थिए । ऋषि कपुर घोडा चढ्नु अघि बेहोस भएका थिए । पछि हामी ठिक भएपछि मात्रै हाम्रो विवाहको कार्यक्रम सुरु भयो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल
-
घानामाथि क्रोएसियाको रोमाञ्चक जित, इङ्गल्याण्ड र क्रोएसियासँगै घाना पनि अन्तिम ३२ मा !
-
विकट बस्तीमा निःशुल्क आँखा शिविर
-
पानामा र इङ्गल्याण्डबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
पहिलो हाफमा घानाविरुद्ध क्रोएसिया १–० ले अगाडि
-
घानाविरुद्ध क्रोएसियालाई महत्त्वपूर्ण अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण