‘केजीएफ च्याप्टर २’ ले नेपाली हलमा बनायो नयाँ रेकर्ड
दक्षिण भारतीय (साउथ) फिल्म ‘केजीएफ च्याप्टर २’ ले नेपालमा नयाँ रेकर्ड बनाउने देखिएको छ । आज बिहीबारबाट विश्वब्यापी रुपमा प्रदर्शनमा आएको यो फिल्मका लागि नेपालमा अहिलेसम्मकै उच्च शो राखिएको छ ।
नेपाली दर्शकको प्रतिक्षाको सूचीमा रहेको फिल्मको मल्टिप्लेक्समा आइतबारसम्मको अग्रिम टिकट बिक्री भइरहेको छ, भने मल्टिप्लेक्सले अहिलेसम्म कहिलै नराखेको शो बिहान ३ बजेदेखि राती १० बजेसम्म राखेको छ । कमलपोखरीस्थित बिग मुभिजमा बिहीबार बिहान ३ बजेको शो र चावहिलस्थित एफक्युब सिनेमाजमा बिहान ४ बजेको शो ‘केजीएफ च्याप्टर २’ राखिएको थियो । बिहान ३ बजेको शोमा पनि दर्शक उल्लेख्य रहेको बताइन्छ ।
दर्शकको चापअनुसार हलले जुनै बेला पनि शो राख्न सक्ने चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानले बताए । ‘शो कुन बेला राख्यो भन्ने महत्वपुर्ण कुरो होइन’ प्रधानले भने, ‘हलले शो अनुसारको राज्यलाई ट्याक्स बुझाएको छ, छैन त्यो महत्वपूर्ण हो ।’ राज्यको ट्याक्सको दायराम रहेर हलले आवश्यकताअनुसार शो बढाउन घटाउन सक्ने प्रधानको भनाई रहेको छ ।
फिल्ममा साउथ स्टार यस, संजय दत्त, रिविना टण्डन, श्रीनिधी शेट्टीको मुख्य भूमिका रहेको छ । फिल्म प्रशान्त निलले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकको बढ्दो आकर्षणले निम्त्याउने चुनौती र अवसर
-
म्याग्दे गाउँपालिकाले सगरमाथा आरोहण गर्नेलाई पाँच लाख दिने
-
आज पनि माइतीघरमा सुकुमबासीहरुको प्रदर्शन
-
लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर
-
चिनियाँ बक्स अफिस हिट ‘डियर यू’ ले सिङ्गापुरमा छेडेको पहिचान बहस
-
उदयपुरमा टिपर दुर्घटना, ७ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण