
०७९ साललाई माओवादी ध्रुवीकरण र एकताको वर्ष बनाऔँ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले २०७९ साललाई माओवादी ध्रुवीकरण र एकताको वर्ष बनाउन लाग्नु पर्ने बताएका छन्। कैलालीको मसुरियामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले माओवादी ध्रुवीकरण एकतामा जोडिन सबैलाई अपिल गरे।
वैद्य, विप्लव र बाबुराममा भएका नेता कार्यकर्ता माओवादी ध्रुवीकरण र एकतामा जोडिन प्रचण्डले आग्रह गरे। ‘विप्लव वैद्य बाबुरामसँग रहनु भएका कमरेडहरु अबिलम्ब ध्रुवीकरणमा आउँन आग्रह गर्दछु। तपाईहरुलाई भेदभाव गरिने छैन। माओवादी बलियो भएन भने जनता र देशले दुख पाउँछ । महान ध्रुवीकरणमा जोडिन आग्रह गर्दछु’प्रचण्डले भने, ‘यदी उहाँहरु ढिला गर्नु भयो उहाँहरु व्यक्ति रहनु हुने छ संस्था रहने छैन।’ आफू रातदिन माओवादी ध्रुवीकरण र एकीकरणमा लागि परेको प्रचण्डले बताए।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ