मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

स्वस्थ्य सतर्कता अपनाउन विज्ञहरुको अपिल

शनिबार, १० वैशाख २०७९, १५ : ५०
शनिबार, १० वैशाख २०७९

मौसम अनुकुल नहुँदा विभिन्न स्वास्थ्यसम्बन्धी समस्या देखा पर्न थालेको भन्दै विज्ञहरुले विशेष सतर्कता अपनाउन जोड दिएका छन् । 

जलवायु जन्य परिवर्तनका कारण पछिल्लो समय नेपालमा मौसम एकनासको हुन नसकेको र यसले मानव स्वास्थ्यमा गम्भीर असर पार्न थालेको भन्दै विज्ञहरुले सतर्कता अपनाउन जोड दिएका हुन् । अल्का अस्पतालका जनरल फिजिशियन डा. प्रेम पाण्डेले अहिले मौसम परिवर्तन भइरहेको र यसले बालबालिका, वृद्धवृद्धा र गर्भवती महिलाको स्वास्थ्यमा गम्भीर असर पार्ने भएकोले त्यसतर्फ सचेत रहन आग्रह गरे ।

उनले मौसम परिवर्तनका कारण दम, सुगर र मुटुका रोगीहरुलाई पनि स्वास्थ्यमा असर गर्ने भएकोले सतर्कता अपनाउन अनुरोध गरे । मौसम परिवर्तनका कारण  श्वासप्रश्वासमा समस्या, रुघाखोकी लाग्ने, डाइरिया हुने लगायतका समस्या देखिरहेको भन्दै उनले सचेत हुनुपर्ने बेला आएको बताए ।

डा. पाण्डेले अहिले जलवायु परिवर्तनका कारण मौसम अनुकुल नरहेको भन्दै दीर्घरोगी, बालबालिका, वृद्धवृद्धाहरुले विशेष सावधानी अपनाउनु पर्ने बताए । पछिल्लो समय नेपालको काठमाडौंसहित अन्य सहरी क्षेत्रको वातावरण स्वास्थ्य नरहेको विज्ञहरुले बताउँदै आएका छन् । केही समयअघि विश्वका प्रमुख सहरहरुको रियल टाइम एअर पोलुसनबारे अध्ययन गर्ने वेबसाइट (आईक्यूएअर) डटकमका अनुसार केही दिनअघि काठमाडौंको वायु प्रदूषण खतराको बिन्दुमा पुगेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप