बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

कामना सेवा विकास बैंकको नवौं शाखारहित बैकिंङ सेवा सञ्चालनमा

बिहीबार, १५ वैशाख २०७९, २२ : ४४
बिहीबार, १५ वैशाख २०७९

कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले  नवौं स्थानहरूमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा बिहीबारबाट सिराहाको लक्ष्मीपुर पतारी गा.पा.वडा नंं ०४ मा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।

बिना रेमिटेन्स (प्रो. बिना मण्डल) लाई शाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ । लक्ष्मीपुरका वर्तमान अध्यक्ष​ रामवलव साह, वडा अध्यक्ष विद्यानन्द मण्डल तथा प्रहरी नायव निरीक्षक मुरारी रामले संयुक्तरुपमा उक्त शाखाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए । कार्यक्रममा बैंकका कर्मचारीहरुलगायत व्यावसायिक प्रतिनिधि तथा स्थानीयको उपस्थिती रहेको थियो । उक्त शाखाबाट बैंकमा खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानीलगायतका सुविधाहरु प्रदान गरिने बैंकले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप