गौशाला–२६ बारे नकारात्मक टिप्पणी नगर्न सन्दीप पक्षको आग्रह
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने पक्षले जाहेरवाली गौशाला–२६ बारे नकारात्मक टिप्पणी नगर्न आग्रह गरेको छ । उच्च अदालत पाटनले बलात्कार मुद्दामा लामिछानेलाई सफाइ दिएपछि उनका वकिल सरोजकृष्ण घिमिरेले यो हार वा जितको कुरा नभएको स्पष्ट पारेका हुन् ।
घिमिरेले भने, ‘यहाँ कसैको हार वा जित भएको होइन । त्यसैले उत्सव मनाउने बेला होइन । जाहेरवालाले आफूमाथि अन्याय भयो भनेर आउनुभयो, हामीले अन्याय भएको छैन भन्यौँ । हामीलाई आज न्याय भएको छ । जाहेरवालाप्रति हानी गर्ने कुरा नलेख्नुहोला ।’
घिमिरेले आफूहरूलाई अदालतप्रति सुरुवातदेखि नै विश्वास रहेको बताउँदै अदालतको फैसलालाई सम्मान गर्ने बताए । उनले भने, ‘सन्दीपले सहयोग गर्छु भनेर नै हाजिर हुन आएका थिए । आरोपपछि उनको कप्तानी सन्पेन्सन हुने अवस्था आयो । अब क्यानले सन्दीपलाई कप्तानी फिर्ता दिन्छ भन्ने आशा छ ।’
त्यस्तै, सन्दीपले पनि अदालतको फैसलालाई सम्मान गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए । उनले भने, ‘साढे १ वर्षभन्दा बढी भएछ । मैले पहिलो दिनदेखि म निर्दोष छु भन्दै आएको थिएँ । मलाई फसाएर मलाई दोषी करार गरिएको थियो । मैले जिल्लाको फैसलालाई सम्मान गरेको थिएँ । आज उच्च अदालतको फैसलालाई पनि सम्मान गर्छु ।’
उनले आफूलाई साथ दिने सबैलाई धन्यवाद दिए । साथै नेपालको क्रिकेट टोलीलाई अझ माथि पुर्याउन योगदान दिने लामिछानेले प्रतिबद्धता जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण