बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

नौ महिनामा २० करोडको छाता नेपाल भित्रियो

शुक्रबार, २३ वैशाख २०७९, १४ : ३७
शुक्रबार, २३ वैशाख २०७९

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा नेपालमा करिब २० करोड रुपैयाँको छाता भित्रिएको छ । २०७८ साउनदेखि चैत मसान्तसम्मको अवधिमा ती छाता नेपालमा भित्रिएको भन्सार विभागले जनाएको हो । 

विभागका अनुसार सो अवधिमा १९ करोड ९० लाख ६३ हजार रुपैयाँको १७ लाख ६३ हजार १२६ थान छाता नेपालमा भित्रिएको छ । नेपालमा छाता चीन, भारत, क्रोएसिया, हङकङ, इजरायल, दक्षिण कोरिया, सिंगापुर, थाइल्याण्ड र बेलायतबाट आउने गरेको छ । 

पछिल्लो नौ महिनामा चीनबाट मात्र नेपालमा १७ करोड ९ लाख ६० हजार रुपैयाँको छाता आएको छ । गत आर्थिक वर्ष २०७७/७८ मा नेपालले विभिन्न देशबाट ३५ करोड १९ लाख ७९ हजार रुपैयाँको छाता आयात गरेको विभागको तथ्याङ्कले देखाउँछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप