
परीक्षा नियन्त्रण कार्यालयको सेवा वैशाख २८ र २९ गते बन्द हुने
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले वैशाख २८ र २९ गते आफ्नो सम्पूर्ण सेवा बन्द हुने जनाएको छ ।
कार्यलयमा वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मतदान केन्द्र राखिएको कारण दुई सेवा बन्द गर्नु परेको कार्यालयले जनाएको छ ।
‘स्थानीय तहको निर्वाचनको मतदान प्रयोजनको लागि यस त्रि.वि. परीक्षा नियन्त्रण कार्यालयलाई मतदान केन्द्र तोकेको हुँदा मतदान केन्द्रको पूर्व तयारी एवं सुरक्षा व्यवस्थाका लागि २०७९ वैशाख २८ र २९ गते दुई दिन यस कार्यालयबाट सेवाग्राहीको लागि प्रवाह हुने सबै सेवाहरु बन्द गरिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ,’ कार्यालयले आज एक सूचना प्रकाशित गरी भनेको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ