
बीमा संस्थानको ९ महिनाको नाफा ४ करोड ९६ लाख रुपैयाँ

राष्ट्रिय बीमा संस्थानले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । संस्थानले आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म यस्तो नाफा कमाएको हो । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.१५ प्रतिशतले बढी हो । अघिल्लो वर्ष संस्थानले ४ करोड ८६ लाख रुपैयाँ नाफा कमाएको थियो । यस्तै, समीक्षा अवधिमा संस्थानले खुद बीमा शुल्क आम्दानी समेत ७.४३ प्रतिशतले बढाएर ७ अर्ब २७ करोड रुपैयाँ पुर्याएको छ । गत वर्ष यस्तो आम्दानी कम्पनीले ६ करोड ७७ लाख रुपैयाँ सङ्कलन गरेको थियो ।
यता दाबी भुक्तानी तर्फ समीक्षा अवधिमा संस्थानले ३ अर्ब १२ करोड ३८ लाख रुपैयाँ भुक्तानी दिएको छ । जीवन बीमा कोषतर्फ ३२ अर्ब ४४ करोड रुपैयाँबाट बढोत्तरी गरेर ३९ अर्ब ९९ लाख रुपैयाँ पुर्याएको कम्पनीको तेस्रो त्रैमाससम्मको चुक्ता पुँजी १८ करोड १० लाख रुपैयाँ पुगेको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ