हेटौँडा उपमहानगरमा समाजवादी र एमालेबीच कडा टक्कर
आइतबार, ०१ जेठ २०७९, ०० : २६

हेटौँडा उपमहानगरपालिकाको मेयर पदमा एकीकृत समाजवादी र नेकपा एमालेबीच कडा टक्कर देखिएको छ । ३५३३ मत गन्दा मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार मीना लामाले तीन मतले अगाडि छिन् ।
गठबन्धनबाट मेयर पदकी उम्मेदवार लामाले १०६९ मत ल्याएकी छन् । एमालेका मेयरका उम्मेदवार अनन्त पौडेलले १०६६ ल्याएका छन् भने राप्रपाका दीपकबहादुर सिंहले ९४९ मत पाएको छन् ।
उपमेयरमा भने काँग्रेस उम्मेदवार राजेश बानियाले १५४२ मत ल्याउँदा एमालेकी सुमित्रा काफ्ले १२७० मत ल्याएकी छन् । राप्रपाकी इन्दिरा डल्लाकोटी २६० प्राप्त गरेकी छिन् ।