बेलकोटगढी नगरपालिकामा उपमेयरमा कडा टक्कर
सोमबार, ०२ जेठ २०७९, १२ : ४०

नुवाकोटको बेलकोटगढी नगरपालिकामा गठबन्धनका तर्फबाट उपमेयरका उमेदवार र नेकपा एमालेको उमेदवारबीच कडा टक्कर देखिएको छ । केही समय अघिसम्म फराकिलो मतान्तरले उपमेयरमा लिड गरिरहेका गठबन्धनका साझा उमेदवार नेपाली काँग्रेसका शिव दाहाललाई पछ्याउँदै एमालेका उमेदवार रुपा सापकोटाले भेट्नै लागेकी छन् । हालसम्मको मत परिणामअनुसार यी दुई उमेदवारको मतान्तर १ मतले मात्र तलमाथि परेको छ।
दाहालले २०७४ मत प्राप्त गर्दैगर्दा सापकोटाले २०७३ मत ल्याएकी छिन् । यता मेयरतर्फ भने नेकपा माओवादी केन्द्रका जगत लामाले दोब्बर मतले अग्रता कायम गरिरहेका छन् । लामाले हालसम्म २९८३ मत ल्याउँदै गर्दा एमालेका उमेदवार राजेन्द्ररमण खनालले जम्मा १६५२ मत मात्र प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले मिटरब्याजी पीडितको समस्या छिटो सामाधान गर्नुपर्छ : नैनसिंह महर
-
महाकाली अस्पतालमा डायलासिस सेवा सञ्चालनको तयारी
-
पाँचथरमा कार दुर्घटना, १८ वर्षीय किशोरीको मृत्यु
-
सामुदायिक विद्यालयमा अब्बल बन्दै ‘रामतुलसी’
-
दोलखामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा युवकको मृत्यु
-
पीडितसँग प्रचण्डले भने -'मिटरब्याज समस्याको समाधान सजिलो रहेनछ, तर किनारा लाएरै छोड्छु'