शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीय तह निर्वाचनको पछिल्लो नतिजा : अघि बढ्यो काँग्रेस, पछिपछि एमाले

सोमबार, ०२ जेठ २०७९, १२ : ४१
सोमबार, ०२ जेठ २०७९

स्थानीय तह निर्वाचनको मतगणनाको नतिजा आउने क्रम जारी छ।  निर्वाचन आयोगको साढे १२ बजेको तथ्यांकअनुसार नेपाली काँग्रेस सर्वाधिक ४६ पालिका जित्दै अग्रस्थानमा रहेको छ भने एमाले ३८ पालिका जित्दै दोस्रो र माओवादी केन्द्र २१ पालिका जितेर तेस्रो स्थानमा रहेको छ । 

निर्वाचन आयोगको अध्यावधिक विवरणअनुसार ५ पालिकामा मेयर जितेको काँग्रेसले ४१ गाउँपालिका जितेको छ । यस्तै मतगणना जारी हुँदा २०९ पालिकामा अग्रता बनाएको छ । जसमा मेयर पदमा ९४ र अध्यक्ष पदमा ११५ स्थानमा अग्रता बनाएको छ । यस्तै काँग्रेसले हालसम्म ५० पालिकामा उपप्रमुख जितेको छ । 

नेकपा एमालेले जित्यो ३८ पालिका, १२१ स्थानमा अग्रता
एमालेले हालसम्म ३८ पालिकामा जित हासिल गरेको छ।  जारी मतगणनाअनुसार मेयर पदमा ३ स्थानमा जित्दा अध्यक्ष पदमा एमालेले ३५ पालिकामा जितेको छ।  यस्तै हालसम्म अग्रता रहेको १२१ स्थानमध्ये एमालेले मेयरमा ५४ र अध्यक्षमा ६७ स्थानमा अग्रता बनाएको छ । एमालेले उपमेयर ७१ र उपाध्यक्षमा ७२ स्थानमा अग्रता बनाएको छ । 

माओवादी ७७ स्थानमा अगाडि
यसैबीच निर्वाचन आयोगको तथ्यांकअनुसार नेकपा माओवादी केन्द्रले २१ स्थानीय तहमा जित हासिल गरेको छ । जसमा मेयर पदमा माओवादीले १ स्थानमा जित हासिल गर्दा बाँकी गाउँपालिका अध्यक्ष रहेका छन् । हालसम्म माओवादीले २२ मेयर पदमा अग्रता बनाएको छ भने गाउँपालिकामा ५५ स्थानमा अग्रता बनाएको छ । हालसम्म स्वतन्त्र उम्मेदवारले मेयरमा जित हासिल नगरेको भएपनि ७ स्थानमा अग्रता बनाएका छन् । एकीकृत समाजवादी पार्टीले  २ पालिका जित्दा ५ स्थानमा अग्रता बनाएको छ । यस्तै अन्य पार्टीका २ उम्मेदवारले पालिकामा जित्दा २६ स्थानमा अग्रता रहेको छ।​

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप