शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंको उपमेयरमा सुनिताले बनाइन् २१ हजार बढीको मतान्तर

शनिबार, ०७ जेठ २०७९, १४ : २१
शनिबार, ०७ जेठ २०७९

काठमाडौं महानगरपालिकाको उपमेयर पदमा एमालेकी उम्मेदवार सुनिता डंगोलले विशाल अग्रता बनाएकी छन् । उनले निकटतम प्रतिद्वन्द्वीले भन्दा २१ हजार बढीको मतान्तर बनाएकी हुन् । 
शनिबार दिउँसो २ बजेको आधिकारिक मतगणना अपडेटअनुसार सुनिताले ३२ हजार ६१५ मत पाएकी छन् । यस्तै सत्ता गठबन्धनको तर्फबाट उपमेयरको उम्मेदवार बनेका एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ११ हजार २७३ मत पाएका छन् । यी दुई उम्मेदवारबीचको मतान्तर २१ हजार ३४२ मत रहेको छ । यस्तै राप्रपाका उपमेयरका उम्मेदवारले पनि एक्लै  ५ हजार ८२० मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप