शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

लिभरपुलको उपाधि होडमा ठुलो धक्का

शनिबार, १५ वैशाख २०८१, २० : २५
शनिबार, १५ वैशाख २०८१

लण्डन । वेस्ट ह्याम युनाइटेडसँग बराबरीमा रोकिएपछि लिभरपुलको प्रिमियर लिगको उपाधि जित्ने सम्भावना लगभग समाप्त भएको छ । शनिबार साँझ भएको खेलमा लिभरपुल २–२ गोलमा रोकिएको हो ।

खेलको पहिलो हाफको अन्त्यमा जेरोड बोवेनले वेस्ट ह्यामलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा सुधारिएको खेल प्रदर्शन गरेको लिभरपुलका लागि एन्डी रोबर्टसनले बराबरी गोल फर्काए ।

६५ औँ मिनेटमा लिभरपुलले आत्मघाती गोलमार्फत अग्रता लियो । तर, यो अग्रता लामो समय भने टिक्न सकेन । ७७ औँ मिनेटमा मिकायल एन्टोनियोले वेस्ट ह्यामका लागि बराबरी गोल फर्काए ।

३ खेल बाँकी छँदा लिभरपुल ७५ अङ्कसहित लिगको तेस्रो स्थानमा रहेको छ । एक खेल कम खेलेको आर्सनल ७७ अङ्कसहित शीर्ष स्थानमा छ । उता, दुई खेल कम खेलेको म्यानचेस्टर सिटी ७६ अङ्कसहित लिगको दोस्रो स्थानमा छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप