शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

अङ्ग्रेजी भाषा शिक्षण सम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन  सुरू

शनिबार, १५ वैशाख २०८१, २० : ३९
शनिबार, १५ वैशाख २०८१

काठमाडौँ । अङ्ग्रेजी भाषा शिक्षण तथा प्रायोगिक भाषा विज्ञान सम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन  राजधानीमा सुरू भएको छ । त्रिभुवन विश्वविद्यालय, अङ्ग्रेजी शिक्षा विभागले आयोजना गरेको सम्मेलनको त्रिविका शिक्षाध्यक्ष खडक केसीले शनिबार उद्घाटन गरे ।

विभागका प्रमुख तथा सम्मेलनका अध्यक्ष डा.गोपाल पाण्डेका अनुसार सम्मेलनमा १० देशका ५५० जनाको सहभागिता छ । आइतबार सम्पन्न हुने सम्मेलनको पहिलो दिन शनिबार समूह विभाजन गरि ७० वटा कार्यपत्रमाथि छलफल भयो ।

कीर्तिपुरस्थित त्रिवि केन्द्रीय क्याम्पसको अडिटोरियम भइरहेको सम्मेलनको मूल विषय अङ्ग्रेजी भाषा शिक्षणमा रूपान्तरणः नव–प्रवर्तन, सहकार्य र उत्प्रेरणा रहेको छ । सम्मेलनको मुल वक्ताामा प्रााध्यापक जयराज आचार्य, विश्वविद्यालय मलेसियाका प्राध्यापक डा. ङङ्ग लुआन,  नेपालस्थित अमेरिकी दूतावासका रिजनल इङ्लिस ल्याङ्वेज अफिसर रोजर कोहेन लगायत छन् ।

सम्मेलनमा शिक्षक शिक्षा, शिक्षकहरूको पेसागत विकास, भाषा शिक्षणमा रूपान्तरण, शिक्षणमा उत्प्रेरणा र सहकार्य, नव प्रर्वदनमा आधारित भाषा शिक्षण पद्धति, शिक्षण र प्रविधि लगायतका शीर्षकहरूमा ९० भन्दा बढी अनुसन्धानकर्ताहरूबाट कार्यशाला सञ्चालन एवं कार्यपत्रहरू प्रस्तुत हुने डा.पाण्डेले जनाएका छन् ।

स्थानीय र वैश्विक शिक्षण पद्धतिहरूलाई एकल मञ्चमा ल्याउने, सामाजिक, सांस्कृतिक र भू–राजनीतिक सन्दर्भहरूमा अङ्ग्रेजी पढाउने सम्भावनाहरू अन्वेषण, मिडिया र सामग्रीहरू समावेश गर्दै अङ्ग्रेजी भाषा शिक्षणका विद्यमान अनुसन्धानमूलक अभ्यासहरूलाई उत्कृष्ट बनाउने, अङ्ग्रेजी भाषा शिक्षणका हालका प्रवृत्ति र विधिहरू साझेदारी गर्नका लागि राम्रो मञ्च सिर्जना गर्नु र  इएलटी पद्धति र अभ्यासमा परिवर्तनका लागि निरन्तरता, सहयोग र प्रेरणा प्रदर्शन गर्ने विभागको परम्परालाई निरन्तरताका साथै त्रिविको अङ्ग्रेजी शिक्षा विभागलाई शैक्षिक उत्कटताको केन्द्रको रूपमा स्थापित गर्नेलगायतका उद्देश्यले सम्मेलन आयोजना गरिएको हो ।

उद्घाटन सत्रमा बोल्दै डा.पाण्डेले त्रिविमा यस प्रकारका सम्मेलन बिरलै हुने गरेकाले यो सम्मेलनले विश्वविद्यालयलाई प्राण दिएको बताए । त्रिविका रजिस्ट्रार प्राडा केदार रिजाल, पूर्व उपकुलपति डा. तिर्थराज खनियाँले पनि उदघाटन सत्रमा धारणा राखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप