शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

शुक्लाफाँको प्रमुख एमाले र उपप्रमुख काँग्रेस विजयी

आइतबार, ०८ जेठ २०७९, १४ : २८
आइतबार, ०८ जेठ २०७९

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा नेकपा (एमाले)का उम्मेदवार रणबहादुर महरा प्रमुखमा निर्वाचित भएका छन् । आज सम्पन्न मतगणना अनुसार नेपाली काँग्रेसका चिन्तामणि भट्टलाई पराजित गर्दै महरा नगरप्रमुखमा निर्वाचित भएका हुन्।

महराले छ हजार ७७३ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्द्वी काँग्रेसका भट्टले छ हजार २६४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नगरप्रमुखमा नेकपा माओवादी–एकीकृत समाजवादी गठबन्धनका उम्मेदवार नवराज ऐरले पाँच हजार २२५ मत प्राप्त गरेका छन् । शुक्लाफाँटाको नगर उपप्रमुखका काँग्रेसका कल्पना जोशी पन्त निर्वाचित भएकी छन् । उनले छ हजार ५१९ मत प्राप्त गरेकी छन् ।

त्यसैगरी उप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का माधव पन्तले पाँच हजार ३६० र एमालेका उम्मेदवार मोनिका भण्डारी भट्टले पाँच हजार २३६ मत प्राप्त गरेका छन् । अघिल्लो निर्वाचनमा शुक्लाफाँटामा नगरप्रमुखमा काँग्रेसका दिलबहादुर ऐर र उपप्रमुखमा एमालेका तुलसी हमाल निर्वाचित भएका थिए । नौ पालिका रहेको कञ्चनपुरमा हालसम्म तीन पालिकामा काँग्रेस, तीनमा एमाले र एउटा पालिकामा माओवादी केन्द्र विजयी भएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप