शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

२ हजार ११९ जनप्रतिनिधिसहित मधेस प्रदेशमा काँग्रेस पहिलो

सोमबार, ०९ जेठ २०७९, २२ : ३५
सोमबार, ०९ जेठ २०७९

मधेस प्रदेशमा ६ हजार २७९ निर्वाचित भएकोमा नेपाली काँग्रेसले अरूभन्दा धेरै २ हजार ११९ निर्वाचित भएका छन्। निर्वाचन आयोगका अनुसार सो पार्टीबाट प्रमुखमा २६, अध्यक्षमा १८, उपप्रमुखमा २७, उपाध्यक्षमा २५, वडा अध्यक्षमा ४०४, महिला सदस्यमा ३९३, दलित महिला सदस्यमा ४०३ र वडा सदस्यमा ८२३ गरी २ हजार ११९  निर्वाचित भएका छन्।

सो प्रदेशमा नेकपा (एमाले) का प्रमुखमा १४, अध्यक्षमा १०, उपप्रमुखमा १६, उपाध्यक्षमा ६, वडा अध्यक्षमा २५४, महिला सदस्यमा २७०, दलित महिला सदस्यमा २६४ र वडा सदस्यमा ५३८ गरी १ हजार ३७२ निर्वाचित भएका छन् । जनता समाजवादी पार्टी, नेपालले प्रमुखमा ७, अध्यक्षमा १७, उपप्रमुखमा ९, उपाध्यक्षमा १६, वडा अध्यक्षमा २१२, महिला सदस्यमा २१६, दलित महिला सदस्यमा २१३, वडा सदस्यमा ४३१ गरी कुल १ हजार १२१ निर्वाचित गरेको छ ।

नेकपा (माओवादी केन्द्र) का प्रमुखमा ७, अध्यक्षमा २, उपप्रमुखमा ५, उपाध्यक्षमा ४, वडा अध्यक्षमा १३३, महिला सदस्यमा १३४, दलित महिला सदस्य १२७ र सदस्यमा २३८ गरी कुल ६५० निर्वाचित भएका छन् । सो प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले अध्यक्षमा ७, अध्यक्षमा ६, उपप्रमुखमा ५, उपाध्यक्षमा ४, वडा अध्यक्षमा ८४, महिला सदस्यमा ९५, दलित महिला सदस्यमा ९१, सदस्यमा १७४ गरी ४६६ पदमा निर्वाचित भएका छन्।

नेकपा (एकीकृत समाजवादी) का प्रमुखमा ३, अध्यक्षमा १, उपप्रमुखमा ३, वडा अध्यक्षमा ७४, महिला सदस्यमा ७०, दलित महिला सदस्यमा ७३ र सदस्यमा १४७ गरी ३७१ पदमा निर्वाचित भएका छन्।
जनमत पार्टीबाट प्रमुखमा १, अध्यक्षमा १, उपाध्यक्षमा १, वडा अध्यक्षमा १३, महिला सदस्यमा १२, दलित महिला सदस्यमा १२, सदस्यमा २२ गरी ६२ पदमा निर्वाचित भएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वडा अध्यक्षमा ६, महिला सदस्यमा ५, दलित महिला सदस्य ६, सदस्यमा १३ गरी ३० पदमा निर्वाचित भएका छन् ।

तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्षमा १, वडा अध्यक्षमा ३, महिला  सदस्यमा २, दलित महिला सदस्यमा २ र सदस्यमा ४ गरी १२ पदमा निर्वाचित भएका छन् भने विवेकशील साझा पार्टीका अध्यक्षमा १, उपाध्यक्षमा १, वडाध्यक्षमा २, महिला सदस्य २, दलित महिला सदस्य १, सदस्य ४ गरी ११ पदमा निर्वाचित भएका छन्।

सो प्रदेशमा नेपाल जनता पार्टीका वडा अध्यक्षमा १, महिला सदस्य १, दलित महिला सदस्य १ र सदस्य २ गरी ५ जना र नेपाल लोकतान्त्रिक पार्टीका वडा अध्यक्षमा १, महिला सदस्यमा १, दलित महिला सदस्यमा १ र सदस्यमा २ गरी ५ निर्वाचित भएका छन्।

नेपाल सुशासन पार्टीका वडा अध्यक्षमा १, महिला सदस्यमा १, दलित महिला सदस्यमा १ र सदस्यमा गरी ४ निर्वाचित भएका छन् भने नेपाल सद्भावना पार्टी र बहुजन शक्ति पार्टी का वडा सदस्यमा ११ मा जितेको छ । यस प्रदेशमा स्वतन्त्रबाट प्रमुखमा १, उपप्रमुखमा १, वडा अध्यक्षमा १९, महिला सदस्यमा ५, दलित महिला सदस्यमा ७ र सदस्यमा १४ गरी ४९ निर्वाचित भएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप