
स्रोत नखुलेको नगदसहित भारतीय नागरिक पक्राउ

वीरगंज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको नगद ९ लाख ५० हजार रूपैयाँ सहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार बेतिया ग्रामपञ्चायत गुर्वलिया कचहरियाटोला थाना मनुवापुल बस्ने ४२ वर्षीय संजय राम रहेका छन् । उनलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश ३–०२–०११ प ८६२७ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा श्रोत नखुलेको नगद फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ