भक्तपुरमा निर्वाचन तयारी पूरा
भक्तपुर – मंसिर २१ गते हुने निर्वाचनको भक्तपुरमा तयारी पूरा भएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले जिल्लामा निर्वाचनको तयारी पूरा भएको जानकारी दिएका हुन् ।
उनका अनुसार सोमबारबाट मतदानस्थलमा सुरक्षाकर्मी तैनाथ गरिएको छ । जिल्लामा ३४ वटा मतदान स्थललाई संवेशनशीलको सुचिमा राखिएको छ ।
निर्वाचन सुरक्षाको लागि म्यादी प्रहरी, जनपद प्रहरी, शस्शत्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ ।
प्रमुख जिल्ला अधिकारीको पोखरेलको अनुसार जिल्लामा करिब २ हजार २ सय सुरक्षाकर्मी परिचालिन हुनेछन् ।
भक्तपुरको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ अन्र्तगत प्रदेश सभा क्षेत्र १ जहाँ चाँगुनारायण नगरपालिका र भक्तपुर नगरपालिकाको १० नम्बर वडा पर्दछ । उक्त स्थानमा ४३ हजार ५ सय ५२ जना मतदाता रहेका छन् । यहाँ २२ मतदान स्थल र ५३ मतदान केन्द्र हुनेछ ।
उक्त निर्वाचन क्षेत्रको प्रदेश सभा २ जहाँ भक्तपुर नगरपालिकाको १ देखि ९ नम्बर वडा रहेको छ । त्यहाँ ५० हजार ६ सय १२ मतदाता रहेका छन् । उक्त क्षेत्रमा १६ मतदान स्थल र ५८ मतदान केन्द्र रहेको छ ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र २को प्रदेशसभा निर्वाचन क्षेत्र १ सूर्य्विनायक नगरपालिका रहेको छ । उक्त क्षेत्रमा ४४ हजार ८९ जना मतदाता रहेका छन् । यहाँ २३ मतदान स्थल र ५४ मतदान केन्द्र रहेको छ ।
त्यसैगरि प्रतिनिधि सभा निर्वाचन क्षेत्र २को प्रदेशसभा निर्वाचन क्षेत्र २ मध्यपुर नगरपालिका रहेको छ । उक्त क्षेत्रमा ३९ हजार ८ सय ४६ जना मतदाता रहेका छन् । यहाँ १७ मतदान स्थल र ४४ मतदान केन्द्र रहेको छ ।
भक्तपुरको चार नगरपालिकामा रहेको ३८ वडामा ७८ मतदान स्थल र २ सय ९ मतदान केन्द्र रहने कार्यालयले जानकारी दिएको छ ।
निर्वाचन सम्पन्न गर्नको लागि भक्तपुरमा सुरक्षाकर्मी बाहेक करिब १ हजार ६ कर्मचारी परिचालन गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख उमेश कुमार राईले भक्तपुरमा १ लाख ७८ हजार ९९ जना मतदाता रहेको जानकारी दिए ।
जसमा ८६ हजार ४ सय ८० जना पुरुष र ९१ हजार ६ सय १४ जना महिला मतदाता रहेका छन् । भक्तपुरमा पाचँ जना तेस्रो लिङ्गी मतदाता समेत रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण