शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

झापामा दुई स्वतन्त्र उम्मेदवारको मत शून्य !

शुक्रबार, १३ जेठ २०७९, १० : ५०
शुक्रबार, १३ जेठ २०७९

स्थानीय तह निर्वाचन–२०७९ मा झापामा दुई नगर प्रमुखका उम्मेदवारले शून्य मत पाएका छन् । जिल्ला गौरादहमा नगर प्रमुखमा उम्मेदवारी दिएका इन्द्रबहादुर विष्ट र चन्द्रप्रसाद उप्रेतीको मत शून्य रहेको निर्वाचन आयोगले जनाएको छ । 

यस्तै ११ नगरप्रमुख–अध्यक्षका आकाङ्क्षीले एकदेखि नौ मतमात्र पाएका छन् । कमल गाउँपालिकामा स्वतन्त्र तर्फका अध्यक्षका उम्मेदवार भीमकुमार राईले एक मतमात्र पाएका छन् ।

त्यस्तै शिवसताक्षी योगमणि अधिकारी (स्वतन्त्र) ले चार मत, गौरादह राधिका धमला (स्वतन्त्र) ले सात मत, बिर्तामोड अञ्चल धिमाल (नेपाल लोकतान्त्रिक पार्टी) ले छ मत, कमलका नारायणप्रसाद रिजाल (मौलिक जरोकिलो पार्टी) ले आठ मत, दमकका देउकुमार राई (किराँत खम्बूवान साझा पार्टी)ले नौ मत, दमकका कृष्ण राया (लोकतान्त्रिक समाजवादी पार्टी नेपाल) ले छ मत, दमकका नेत्रजङ्ग थापा (स्वतन्त्र) ले छ मत, दमकका नीलकण्ठ सापकोटा (स्वतन्त्र) पाँच मत र दमककै कृष्ण खनाल (स्वतन्त्र) ले तीन मत पाएका छन् ।

त्यस्तै गौरीगञ्ज–२ बाट वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिनुभएका गणेशबहादुर कार्की र शिवसताक्षी–७ बाट राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट वडाध्यक्षमा उम्मेदवारी दिनुभएका दिलबहादुर लिम्बूले एक–एक मत पाएका छन् ।
जिल्लामा ९६१ उम्मेदवारको जमानत जफत भएको छ । जिल्लामा विभिन्न पदमा गरी दुई हजार ७८६ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।

तीमध्ये प्रमुख–अध्यक्षमा ८३, उपप्रमुख–उपाध्यक्षमा ५७, वडाध्यक्षमा २९१ र महिला, दलित, खुला सदस्य गरी ५३० जनाको धरौटी रकम जफत भएको जिल्ला निर्वाचन कार्यालय झापाका सूचना अधिकारी प्रकाश न्यौपाने जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप