शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

चुम्बन किन गरिन्छ, कहाँबाट आयो ‘किस’ को चलन ?

आइतबार, २२ जेठ २०७९, १० : ५३
आइतबार, २२ जेठ २०७९


गहिरो सास फेर्नु, मुटु बेस्सरी धड्किनु र आँखाको नानी ठूलो हुनु । यो सब त्यतिबेला हुन्छ जब तपाईं एक–अर्कालाई ओठमा चुम्बन गर्नुहुन्छ ।

तर चुम्बनले किन तपाईंको शरीरमा उत्तेजना पैदा गर्छ ? यसलाई बुझ्न आवश्यक छ ।

दुई व्यक्तिले एकअर्कालाई ओठमा चुम्बन गर्दा सबैभन्दा पहिले तपाईंलाई  स्पर्शको अनुपम अनुभूति हुन्छ ।

यो यसकारण हुन्छ किनभने तपाईंको ओठ अत्यन्त संवेदनशील हुन्छ ।

यौनाङ्गका केही भागबाहेक, हाम्रो ओठमा यति धेरै स्नायु न्यूरोन्सहरू हुन्छन् जुन तपाईंको शरीरको अन्य कुनै पनि भागमा हुँदैनन् । त्यसमाथि यसमा स्वाद पनि हुन्छ ।

हरेक मानिसको ओठमा छुट्टै स्वाद हुन्छ । केही मानिसहरू स्वाद पत्ता लगाउन अरूभन्दा राम्रो हुन्छन् र निश्चित रुपमा हरेक व्यक्तिको आफ्नै एउटा गन्ध पनि हुन्छ ।

हामी किन चुम्बन गर्छौं, यसबारे थुप्रै सिद्धान्त छन् । तर त्यसमध्ये केही हाम्रा प्रारम्भिक अनुभवहरूसँग सम्बन्धित हुन सक्छन् ।

हाम्रा आमाबुवाले हामीलाई सानो छँदा चुम्बन गर्छन् । यससँगै, अरू धेरै मानिसहरूले हाम्रो पालनपोषणको समयमा हामीलाई चुम्बन गर्ने गर्छन् ।

त्यो समयमा धेरै चुम्बनबाट उत्पन्न हुने उत्तेजनाले हाम्रो मस्तिष्कमा धेरै सकारात्मक तरंगहरू पठाउँछ ।

यसले हाम्रो मस्तिष्क बाल्यकालदेखि नै ‘किस’ अर्थात् चुम्बनलाई ओठको उत्तेजनालाई प्रेम र सुरक्षाको भावको रुपमा चिन्हित गर्ने गर्छ ।

त्यसैले जब हामी भावी जीवनमा हामी आफूलाई अभिव्यक्त गर्न चाहन्छौँ तब सम्भव छ कि यस्तो आफ्नो मुखमार्फत् गर्ने गर्छौँ ।

हामी यो खोज्ने कोसिस गर्छौँ कि मानिसबीच पहिलो चुम्बन कहिले, कहाँ र कसरी भएको होला ।

हामीलाई थाहा छ कि अन्य प्रजातिका पुरुषहरु वयस्क महिलाको मद चक्र (एस्ट्रस) का बेला उनीहरुको शरीरको तल्लो भागतर्फ थप आकर्षित हुने गर्छ ।

ओठप्रति पुरुषको आकर्षणको कारण

केही मानवशास्त्री वैज्ञानिकहरूले ओठ ‘यौनाङ्गको प्रतिलिपि’  हो भन्ने विश्वास गर्छन् । यसले महिलाको यौनाङ्गको बनावट, आकार, संरचना र रङको पनि नक्कल गर्ने गर्छ यो महिलाहरु समागमका लागि तयार छिन् कि छैनन् भनेर बताउने भरपर्दो सूचक पनि हुन् ।

बेलायती जीवविज्ञानी डेसमन्ड मोरिसले लिपस्टिकमाथि केही अनुसन्धान गरे । उनले पुरुषहरूलाई महिलाको अनुहारका धेरै तस्बिरहरू देखाए र तिनीहरूमध्ये कुन सबैभन्दा आकर्षक छ भनेर सोधे । उनले बारम्बार एउटै जवाफ पाए । पुरुषहरूले ती महिलाहरू छनोट गरे जसको ओठ सबैभन्दा गुलाबी र सबैभन्दा रङ्गीन थियो ।

त्यसैले त्यहाँ केहि यस्तो चीज छ जसले हाम्रो ध्यान ओठमा आकर्षित हुन्छ र धेरै प्रजातिहरूले आफ्नो कामुकताको संकेतको रूपमा रातो रंग प्रयोग गर्ने गर्छन् ।

कुनै पनि प्रकारको चुम्बनको सबैभन्दा पुरानो उदाहरण हामीले करिब २५०० वा ३५०० वर्ष अघि भारतीय वैदिक संस्कृतिमा भेटेका छौँ ।

जसमार्फत् आँखाको ठिक मुनी सिबेसियस ग्रन्थी (तेल ग्रन्थी) हुन्छ जसले हरेक व्यक्तिका लागि एउटा अनौठो गन्ध उत्पन्न गर्ने गर्छ भन्ने पत्ता लागेको छ ।

चुम्बन संस्कृति

त्यसैले पुरातन उत्तर भारतमा मानिसहरूले एकअर्कालाई सुँघ्ने गर्थे र यस अवधिमा उनीहरूले आफ्नो नाक एकअर्काको गालासम्म पुर्याउने गर्थे, जुन कहिलेकाहीँ ओठमा पुग्थ्यो । यो यति संवेदनशील हुन्छन् कि उनीहरुले चुम्बन गर्नु एक–अर्कालाई सुँघ्नुभन्दा धेरै बढी सुखद हुन्छ भन्ने महसुस गरे ।

तर यदि कुरा पहिलो चुम्बन संस्कृतिको गर्ने हो भने यसका लागि हामीले रोमतर्फ हेर्नुपर्छ ।

रोमलाई चुम्बन संस्कृतिको सुरुवातको रूपमा हेर्न सकिन्छ । तिनीहरूसँग तीन भिन्न किसिमका चुम्बनहरू थिए ।

यी मध्ये एउटा सेभियम थियो - यो त्यो चुम्बन थियो जुन सालावा शब्दमा आधारित थियो र हामी यसलाई आज पनि ‘फ्रेन्च किस’ को रूपमा प्रयोग गर्ने गर्छौँ ।  निस्सन्देह, उनीहरुलाई यो प्रयोग गर्न सधैँ राम्रो लाग्थ्यो ।

कतिपय ठाउँहरू मानिसले चुम्बन गर्नुलाई नराम्रो ठान्छन्, यो त्यति अचम्मको कुरा पनि होइन किनभने त्यतिबेला आजको जस्तो दाँत माझ्ने चलन पनि थिएन न नै माउथवासको नै प्रयोग हुने गर्दथ्यो ।

तर, अहिले स्थिति फेरिएको छ ।  हामीले पहिले नगर्ने काम गरिरहेका छौँ ।  हामी एकअर्काको शरीर सुँघिरहेका छौँ, थप्थपाइरहेका छौँ । चाटिरहेका छौँ, चुसिरहेका छौँ र दाँतले टोकिरहेका पनि छौँ ।

हामी यी सबै एक–अर्काको शरीरसँग सम्बन्ध स्थापित गर्नका लागि गरिरहेका छौँ जसले अन्ततः हामीलाई एकसाथ बस्नका लागि, हाम्रो सम्बन्ध बलियो बनाउनका लागि, हाम्रो शरीरको विभिन्न हर्मोन र न्युरोट्रान्समिटर (शरीरमा भएको एक प्रकारको रासायनिक सन्देशवाहक) लाई उत्तेजित गर्नका लागि महत्वपूर्ण छन् र यसमार्फत् हामी आफ्नो महत्वपूर्ण सम्बन्ध स्थापित गर्ने गर्छौँ र चुम्बन त्यसैको एउटा ठूलो हिस्सा हो ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप