आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

प्रकाशले ल्याए नयाँ गीत ‘मन भुल्छ’

बिहीबार, २६ जेठ २०७९, १२ : ०७
बिहीबार, २६ जेठ २०७९

प्रकाश दुतराजको नयाँ गीत ‘मन भुल्छ’ सार्वजनिक भएको छ । उनकै शब्द तथा संगीत रहेको गीतको एरेन्ज कृष्ण विकले गरेका हुन् । गायनमा प्रकाशलाई गायिका शान्तीश्री परियारले साथ दिएकी छन् । गीतको भिडियोमा प्रकाश दुतराजसँगै सुजल बम, भूमिका गिरी, जुना सुन्दास, आयुष्मा कार्की, विजय पुन, रोशनी कार्की लगायतको अभिनय छ । 

मोडल गीता ढुंगानाको समेत अभिनय रहेको भिडियो मौसम हिमालीले निर्देशन गरेका हुन् । भिडियोमा अनिल के. मानन्धरको छायाँकन, नविन घर्ती मगरको सम्पादन छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप