बुधबार, १८ माघ २०७९
ताजा लोकप्रिय

जिसस बर्दियामा काँग्रेसका उम्मेदवार निर्विरोध

आइतबार, २९ जेठ २०७९, ०७ : ००
आइतबार, २९ जेठ २०७९

जिल्ला समन्वय समिति बर्दियाको प्रमुखसहित अन्य पदमा  नेपाली काँग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित हुनेमा प्रमुख पदमा सूर्यबहादुर विष्ट, उपप्रमुखमा अमिताकुमारी यादव, सदस्यमा तीर्थप्रसाद जैसी, विनय राजभण्डारी, पुरैलाल थारू छन् । 

यसैगरी महिला सदस्यतर्फ खगिसरा कामी, छविभाट क्षेत्री र विमला थारू र दलित वा अल्पसङ्ख्यक सदस्यमा सुनिता नेपाली निर्विरोध चयन भएको मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश लोकजङ्ग शाहले जानकारी दिए ।

उनका अनुसार स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा २५ बमोजिम प्रमुख, उपप्रमुख तथा सदस्य पदमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप