कुन्ती र शिलाबहादुरलाई अमेरिकामा सम्मान
रियल संगीतिक जोडी विशिष्ट गायिका कुन्ती मोक्तान र गायक शिलाबहादुर मोक्तान सम्मानित भएका छन् । अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाले भर्जिनियामा आयोजना गरेको ‘कुन्ती मोक्तान सुमधुर साँझ’ कार्यक्रममा दुबैलाई सम्मान दिइएको हो ।
अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाको अध्यक्ष एवम् लोक तथा दोहोरी गायक रामप्रसाद खनाल, अभिनेत्री पूजा लामा, निर्देशकद्वय नविन केसी, लुना श्रेष्ठ र मेरिल्यान्ड राज्यका डेलिगेट्स ह्यारी भण्डारीले लगायतले दुबैलाई सम्मान दिएका थिए । सो अवसरमा दुबैलाई मञ्चको मानार्थ सदस्यता समेत प्रदान गरिएको थियो ।

कार्यक्रममा संगीतकार एवम् गीतकार समेत रहेका गायक शिलाबहादुर मोक्तानका दुई गीतको प्रस्तुतिपछि गायिका कुन्ती मोक्तानले करिब दर्जन लोकप्रिय गीत पस्किएकी थिइन् । दुबैको सांगीतिक प्रस्तुतिले दर्शक नचाउन सफल भएका थिए ।
कार्यक्रममा गायक गायिका मोक्तानद्वयले अमेरिकामा आफूहरू सम्मानित हुने अवसर प्राप्त गर्दा गौरवान्वित भएको बताए । मञ्चका अध्यक्ष रामप्रसाद खनालले ४ दशकभन्दा लामो समय गीत संगीतको इतिहास बोकेका हस्तीलाई सम्मान गर्न पाउनु मञ्चको लागि गौरवको कुरो भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण