‘मेरो डान्स कप यूएसए’को निर्णायकमा सञ्चिता
अभिनेत्री सञ्चिता लुइँटेल ‘मेरो डान्स कप यूएसए–१२’ को निर्णायक बन्ने भएकी छन् । आयोजक इन्ट्रा फाउन्डेशन नेपाल च्याप्टरले उनलाई निर्णायकका लागि अनुबन्धित गरेको हो । सञ्चितासँग शोको निर्णायक बन्ने विषयमा सम्झौता भएको इन्ट्रा फाउन्डेशन नेपाल च्याप्टरका कार्यकारी अध्यक्ष सन्जित भण्डारीले जानकारी दिए । उनले चर्चित अभिनेत्री शोमा निर्णायक बनाउन पाउँदा आयोजक उत्साहित रहेको बताए ।
इन्ट्रा नेशनल वेल फेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिका (इन्ट्रा फाउन्डेशन)ले आयोजना गरेको ‘मेरो भ्वाइस कप यूएसए र मेरो डान्स कप यूएसए’ को उत्कृष्ट १२ मा पर्न सफल प्रतिस्पर्धीहरुको बाँकी चरणको प्रतिस्पर्धा नेपालमै हुँदैछ । सोही कारण पनि सञ्चितालाई निर्णायकमा अनुबन्धित गरिएको हो ।
अभिनेत्री लुइटेलले अमेरिका र क्यानडामा रहेका नेपाली भाषी प्रतिभाहरुको चर्चित रियालिटी शोमा निर्णायकको भूमिकामा काम गर्न पाउँदा खुशी लागेको बताइन् । नेपाली फिल्म क्षेत्रमा ‘अप्सरा’ बाट अभिनयमा प्रवेश गरेकी अभिनेत्री लुइँटेल विगत केही बर्षदेखि पारिवारिक जीवनमा बढी व्यस्त छिन् ।
ग्यालेक्सी टेलिभिजनबाट प्रशारण हुँदै आएको ‘मेरो डान्स कप यूएसए’को उत्कृष्ट १२ मा सुमन लामिछाने, सिवानी ढकाल, विशाल उप्रेती, रेजिना सुब्बा, रेनुका राई, सत्य बिष्ट, सुमिका तामाङ, आयुष समाल लगायत छन् । संस्थाका अध्यक्ष डिल्ली अधिकारीको परिकल्पनामा तयार भएको शोले नेपाली भाषी प्रतिभाहरुलाई विश्वमाझ चिनाउने आशा गरिएको छ । रियालिटी शोको निर्देशक एलिन श्रेष्ठ हुन् ।
‘मेरो भ्वाइस कप यूएसए’को निर्णायकमा सञ्चिता जोडिएपछि अब ६ जना निर्णायकले प्रतिस्पर्धीको प्रतिभाको मुल्यांकन गर्नेछन् । शोको निर्णायकमा यस अगाडि मिथिला शर्मा, दिलिप रायमाझी, केकी अधिकारी, शंकर वीसी, नरमान राई भित्रिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण