‘बाबरी रंग’ मा रोमान्टिक भए अदीति र धिरज
फिल्म ‘बाबरी’ को रोमान्टिक गीत ‘बाबरी रंग’ सार्वजनिक भएको छ । निर्माण युनिटले मंगलबार राजधानीमा एक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो । गीतमा अभिनेत्री अदीति बुढाथोकी र धिरज मगरको अभिनय देन सकिन्छ ।
फिल्ममा पनि यी दुबै कलाकारको मुख्य भुमिका रहेको छ । गीत अनमोल गुरुङले लेखेका हुन् । संगीत समेत गुरुङकै रहेको गीतमा अस्मिता अधिकारी र गुरुङको स्वर छ । गीतको कोरियोग्राफी विक्रम लामा र एञ्जिला खत्रीले गरेका हुन् । कार्यक्रममा फिल्मबाट आफुले धेरै आस गरेको अभिनेत्री बुढाथोकिले बताइन् ।
अभिनेता धिरजले फिल्मको कथा राम्रो भएको दाबी गरे । उनले कथा मन परेकै कारण अन्तिम समयमा भएरपनि फिल्ममा जोडिएको बताए । त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्म सुरेन्द्र पौडेलले निर्देशन गरेक हुन् । ३१ भदौबाट रिलिज हुन लागेको फिल्ममा बादल भट्ट, कमणमणी नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला तामाङ, दीलिप गुरुङ लगायतका कलाकारको अभिनय छ ।
बाबरी फिल्मको प्रस्तुती र सुष्मा प्रोडक्सनको सहकार्यमा निर्माण भएको फिल्मका निर्माता गणेश बुढाथोकी , पुष्पालता बुढाथोकी हुन् । सुष्मा गुरुङ सह–निर्माता रहेको फिल्ममा काली प्रसाद बास्कोटा, सुजन चापागाई र अनमोल गरुङको संगीत छ । फिल्म काठमाडौं, झापा, मोरङ र उत्तरी सिक्किममा छायांकन भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण