शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गैरआवासीय नागरिकताको समस्या यथाशीघ्र सम्बोधन गर्छौं : प्रधानमन्त्री देउवा

बिहीबार, ०२ असार २०७९, १९ : ०४
बिहीबार, ०२ असार २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपालीहरुको नागरिकताको समस्यालाई यथाशिघ्र सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् । गैरआवासीय नेपाली संघले आज राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दैै उनले यस्तो प्रतिवद्धता जनाएका हुन् । 

‘तपाईहरुले गैरआवासीय नेपालीको नागरिकताका विषयलाई जतिसक्दो चाँडो सम्बोधन गर्न आग्रह गर्दै आउनुभएको छ । यस विषयलाई सबै पक्षसँग समन्वय गरी यथाशिघ्र सम्बोधन गरिने कुरा मा आश्वस्त पार्न चाहन्छु,’ प्रधानमन्त्री देउवाले भने ।

सम्बोधनका क्रममा उनले प्रवासी नेपालीहरुलाई आफूसँग भएको सीप र पूँजी नेपालको विकासमा लगाउन आव्हान गरेका थिए ।  ‘तपाईँहरुले विदेशमा थुप्रै विकास देख्नुभएको छ । आउनुहोस् हातेमालो गरौं, नेपाललाई हाम्रो जीवनमा एउटा सभ्य विकसित मुलुक बनाई छोडौं,’ प्रधानमन्त्री देउवाले भने ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप