शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

चलचित्र पत्रकार संघका महासचिवले दिए राजीनामा

शुक्रबार, ०३ असार २०७९, ११ : १०
शुक्रबार, ०३ असार २०७९

चलचित्र पत्रकार संघका महासचिव समीर बलामीले राजीनामा दिएका छन् । यौन दुर्व्यवहारको आरोप लागेपछि उनले पदबाट राजीनामा दिएका हुन् । यौन दुर्व्यवहारको आरोपमाथि छानविन गर्न सजिलो होस् भनेर बलामीले राजीनामा दिएको चलचित्र पत्रकार संघले जनाएको छ ।

संघका अध्यक्ष दिनेश सिटौलाले एक विज्ञप्ति जारी गर्दै बलामीको राजीनामा स्वीकृत भएको जनाएको छ । बलामीले राजीनामा दिएपछि संघको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले राजीनामा स्वीकृत गरेको हो । 
६ वर्ष अघि संघको चुनावका क्रममा महिला पत्रकारलाई होटलमा लगेर यौन दुर्व्यवहार गरेको आरोप उनी माथि छ । ती महिला पत्रकारले केही दिन अगाडि आफु माथि दुर्व्यवहार भएको भन्दै चलचित्र पत्रकार संघको पुरस्कार नदिने घोषणा गरेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप